धरान । कोखा खोलाको पानी धरान ल्याउने क्रममा चावचामा विवाद भएपछि पटकपटकको वार्तापछि मंगलबार सम्झौता हुने भएको छ ।
कोखा खोला धरान उपमहानगर भित्र पर्ने भए पनि छिमेकी नगरपालिका बराहक्षेत्रको भुभागबाट पाईप लाईन बिछ्याएर ल्याउनुपर्ने भएपछि बराहक्षेत्र चावचाका स्थानीयले बालि बिगारेको भन्दै अवरोध गरेका थिए । विवाद भएपछि पालिका पालिका स्तरमा पुगेको हो ।
धरानका मेयर हर्क साङ्पाङले स्थानीय स्तरमा समन्वय नगरेको स्वीकार गर्दै सहमति अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए । गत सनिवार बराहक्षेत्र नगरपालिकामा दुबैपक्षको वार्ता भएपछि सोमबार सम्झौता गर्ने सहमति भएका थिए । तर सोमबार अन्तर्राष्ट्रिय श्रम दिवस भएको भन्दै बराहक्षेत्र नगरपालिकाले मंगलबारको समय माग गरेको कुरा मेयर हर्क साङ्पाङ्ले बताए ।
सम्झौताको ड्राफ्ट बाहिरीयो
सोमबार बराहक्षेत्र नगरपालिका र धरान उपमहानगर बिच सम्झौता हुने भएपछि बराहक्षेत्र नगरपालिकाले तयार गरेको सम्झौताको ड्राफ्ट बाहिरिएको छ । सोमबार हुने भनिएको सम्झौताको ड्राफ्टमा कोखा खोलाको पानी धराने जनतालाई सशुल्क वा निशुल्क भन्ने प्रस्ताव सहित यदि सशुल्क हो भने त्यसको रोयल्टी वापत २५ प्रतिशत प्रभावित क्षेत्रलाई दिनुपर्ने प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मुल्यांकन सहितको कुरा सम्झौताको ड्राफ्टमा उल्लेख गर्दै निजि जमिन र ऐलानी जमिन समेत वर्गिकरण गरिएको छ । निजि जमिनको हकमा मुअब्जाको समेत कुरा उल्लेख गरि प्रस्ताव गरिएको छ ।
बराहक्षेत्र नगरपालिकाले कोखाको पानी ल्याउन संस्थागत निर्णय समेत माग गरेका थिए ।
Discussion about this post