धरान । प्रदेश नामाकरण लगत्तै ओखलढुंगाबाट लखेटिएका प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई धनकुटाको भेडेटार जान रोक्न निस्केपछि जान सकेनन् ।
कोशी नाम बिरोधि प्रदर्शनकारीले धनकुटाको भेडेटारमा मुख्यमन्त्री हिक्मत कार्कि जाने थाहा पाएपछि पहिचानवादि पक्षधरले धरानमा अवरोध कालो झण्डा देखाउने तयारी गरेका थिए । कार्कि एमालेको कोशी प्रदेशभरिका केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी हुन जाने कार्यक्रम रहेका थिए ।तर चौतर्फी बिरोध र आक्रमण हुने भएपछि आउन सकेनन् । कार्किलाई अवरोध गर्न कालो झण्डा देखाउन बिरोध गर्न भनेर संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लिम्बुवान, जसपा, जनमुक्ति लगायतका राजनीतिक दल र चुम्लुङ, यायाेक्खा, याक्खा छुम्मा, नेफिन लगायतका जातीय सामाजिक संस्थाहरूका प्रतिनिधि भानुचोक,आँपगाछिको जंगल लगायत स्थानमा तैनाथ रहेका थिए ।
कार्किलाई यस अघि झापाको दमकमा हुने कार्यक्रममा अवरोध गर्ने तयारी गर्दा आउन सकेका थिएन । दमकमा कार्कि सहभागी हुने कार्यक्रम स्थल मंच सबै आन्दोलनकारीले तोडफोड गरी भत्काई दिएका थिए ।
त्यसैगरी केहि दिनदेखि नेकपा एमालेका अध्यक्ष केपि ओलि र सुबास नेम्बाङ सहभागी भएको इलाम फिदिम तेह्रथुम लगायतका कार्यक्रममा बिरोध नाराबाजि बाटोमा अवरोध गर्दै आएका थिए । झापाको बुद्ध शान्तिमा झडप भएपछि एकजना सुरक्षाकर्मि समेत घाइते भएका थिए । सुरक्षाकर्मिको विषयलाई लिएर केपि ओलिले आतंककारीको संज्ञा दिएका थिए ।
Discussion about this post