धरान । मेयर हर्क साङ्पाङको कोखा खोला खानेपानी अभियानको लागि भनेर २३ लाख ९० हजार २३५ रुपैया हस्तान्तरण भएको छ ।
शनिबार श्रमबारको अवसर पारेर युकेबाट पठाएको रकम पुर्णप्रसाद लिम्बुबाट हस्तान्तरण भएको छ । उक्त रकम मेयर हर्क साङ्पाङ र प्रोजेक्ट मेनेजर दत्त लिम्बुलाई हस्तान्तरण भएको हो । सो रकम युके स्थित हर्क साङ्पाङ सपोर्ट युकेबाट उपलब्ध भएको कुरा हस्तान्तरणको अवसरमा बताए ।
हर्क साङ्पाङ सपोर्ट युकेले यस अघि निशाने खोलाको लागि ५८ लाख ७६ हजार आर्थिक सहयोग गरिसकेको बताए । त्यसैगरी धरान १५ स्थित धन्यवाद ट्यांकिको लागि १७ लाख ६७ हजार उपलब्ध गराईसकेको जानकारी दिए ।
मेयर हर्क साङ्पाङले यस अघि निशाने सर्दु खर्दुमा सहयोग आएको बताएउदै त्यो पहिलो सफलता भएको बताए । त्यसैगरी धन्यवाद ट्यांकिको लागि पठाए सहयोग गरेको बताए । काम गर्न खोजिरहेको तथा प्रयासरत भएकोले सहयोग आएको बताए ।
शनिवार नै धरानमै सुटिङ्ग गरिएको यहि बैशाख २१ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ज्याकीका कलाकार धिरज मगर , जसिता गुरुङ ,प्रेम सुब्बा लगायतले मेयर कलाकारहरुले भेट गरेका थिए । उहाँहरुले पनि कोखा खोलाको लागि ५० हजार उपलब्ध गराउने बताए ।
शनिवार नै धरान १५ नौलो टोल्व बिकास संस्थाबाट ५१ हजार रुपैया खानेपानी उपभोक्ता समितिमा रहेको कोष हस्तान्तरण गरेको कुरा बिजय राईले जानकारी दिए । टोल बिकासबाट शनिबार ४० जना बढि पाईप तान्न श्रमदानमा आएका थिए ।
बुटवलबाट भ्रमण अवलोकनमा आएका दुई बस विद्यार्थी ७५ जना पनि स्थलगत रुपमा पाईप तान्ने तथा श्रमदानको अवलोकन गरेका थिए । उनिहरुले मेयर हर्क साङ्पाङ धरानको मात्र नभै नेपालको सच्चा जनप्रतिनिधि भएको बताए । मेयर साङ्पाङले जस्तै काम गरे देश बन्न समय नलाग्ने प्रतिक्रिया बुटवलका विद्यार्थीहरुले दिए ।
शनिबारको श्रमदातालाई धरान कुक समाजले खाना खुवाएका थिए । समाजका अनुसार ५ हजारको तयारी गरेको भन्दै ६ हजार बढिको संख्यामा श्रमदाता आएको बताए । शनिबारको खाना ३ लाख पचास हजारको समाजले खुवाएको बताए ।
Discussion about this post