धरान । धरान उपमहानगरले राखिएको बोर्ड एमाले युवा संघले राति हटाएपछि चुलिएको विवाद संघीय नापी विभागबाट जारी गरिएको आधिकारिक साँध सिमाना खोज्नु र आफ्नो क्षेत्राधिकार यकिन गर्नु हाम्रो कर्तव्य भएको जनाएको छ ।
बुधबार धरान उपमहानगरका मेयर हर्क साङ्पाङले आफ्नै कार्यकक्षमा आयोजना गरिको पत्रकार सम्मेलनमा जानकारी दिदै पानीपिया नजिक राखिएको बोर्ड अनाधिकृत नभएको जिकिर गरे । पत्रकार सम्मेलनमा गत बैशाख १० गते नगर प्रहरी र प्राविधिक टोलीलाई खटाएर धरानको दक्षिणमा पर्ने पानीपिया सिमानामा सिमा प्रारम्भ बोर्ड लगाएको केही घण्टा पछि युवा संघ इटहरीले झण्डा सहित आएर हामीले लगाएको बोर्ड उखेलेर लगेको बताए । यस घटना प्रति सम्पूर्ण न्यायप्रेमी र विधिको शासन पक्षधरहरुको ध्यानाकर्षण गराएको बताए ।
सरकारले लगाएको आधिकारिक साँध सिमानाहरु भत्काउने र अराजकता मचाउने छुट कोही कसैलाई छैन र हुनु हुँदैन भने । सम्मेलनमा त्यसो भएको हुँदा कसुरदार पक्षलाई कानुनी कारवाहीको माग गर्दै उखेली लगिएको उक्त बोर्ड यथास्थानमा पहिलेकै अवस्थामा जस्ताको त्यस्तै लगाइदिन सम्बन्धित पालिका र सम्बन्धित निकायहरुमा माग गरे । मेयर साङ्पाङले बोर्ड जहाँबाट हटाइएको हो त्यहि राख्न भन्दै कसुर गर्नेलाई कार्वाहीको लागि कानुन नभए कानुन बनाउन सांसदलाई आग्रह गरे ।
उपमेयर आइन्द्र बिक्रम बेघाले धरानको धरानको साँध सिमाना यति भन्दैमा उपभोग नगर भने को होइन भने । सिमसार रासको शिर धरानमा पर्यो भन्दैमा रिसाउने झगडा नगर्ने बताए । तर सिमाना जहाँ छ त्यो कायम राख्ने बताए । धरानको सिमा संसारमा चिन्ने नापि नक्साले कायम गरेको हुने बताए । इटहरी र रामधुनिले राखिएको नक्सा त्यहि भएको हुनुपर्ने भन्दै फरक भए भन्नुपर्ने बताए । उपमेयरले अन्यथा मान्छे उचाल्ने काम नगर्न चेतावनी दिए ।
पत्रकार सम्मेलनमा इन्जिनियर प्राविधिक सुरज श्रेष्ठ सहित उपस्थित थिए । थप बास्तबिकता अनि प्रष्ट पार्न योजना शाखाका इन्जिनियर समेत रहेका सुरज श्रेष्ठले सबै जानकारी दिए ।
Discussion about this post