कोखा खोला धरान लाने संस्थागत निर्णय बराहक्षेत्रले माग्यो

वराहक्षेत्र । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोखा खोलाको पानी धरान ल्याउन चलाएको अभियान बराहक्षेत्र नगरपालिका वडा नम्बर १ चावचा आईपुगेपछि विवादित बनेको छ ।

चावचाका स्थानीयले अनुमति नलिई पाईप बिछ्याउदा बालिनालि बिगारेको अनि आफुले पनि पानी उपभोग गर्न पाउनुपर्ने भन्दै अवरोध गरेपछि दुई पालिका स्तरमा छलफलमा पुगेको हो । छलफल हुँदा धरान उपमहानगरले सम्बन्धित स्थानीयसंग छलफल नग्रेको स्वीकार गरेका थिए ।

यस बिषयलाई लिएर बराहक्षेत्र नगरपालिकाले बैशाख ११ गते औपचारिक बैठक बसेर छलफल गरि धरान उपमहानगरपालिकालाई पत्राचार गरिएको छ । बराहक्षेत्र नगर कार्यपालिका बैठकले कार्यपालिकाको संस्थागत निर्णय र दुई नगरपालिका विच सम्झौता हुनुपर्ने शर्त बराहक्षेत्र नगरपालिकाले अघि सारेको पत्राचार गरेको छ ।

बराहक्षेत्र नगरपालिकाले पत्राचार गरेको पत्रमा – ” प्रस्तुत विषयमा वराहक्षेत्र नगरपालिका वडा नं. १ मा अवस्थित कोकाहा नदीको शिरबाट कोकाहा- कौशिकी संगमस्थल (वराहक्षेत्र) सम्मका नदी आसपासका स्थानीयवासी र सरोकारवाला निकायहरुसँग कुनै पनि छलफल नगरी धरान उपमहानगरपालिकाले खानेपानी प्रयोजनका लागि पानी लैजाने कार्य गरिरहेको भनी यस नगरपालिकामा व्यापक जनगुनासो आइरहेको सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको मिति २०८०।०१।११ गते बसेको कार्यपालिका बैठकबाट धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयसँग सो सम्बन्धी संस्थागत निर्णय माग गरी जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीको रोहबरमा बराहक्षेत्र नगरपालिकासँग सम्झौता गर्नु पर्ने निर्णय भएकोहुँदा सो निर्णय जानकारी गराउँदै आवश्यक वातावरण सिर्जना गराउनु हुनका लागि हार्दिक अनुरोध गर्दछु ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित