निमा पोङ्सुवा
धरान । केहि दिन अघि धरान र इटहरीको सिमा विवाद भएपछि धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले दुबै नगरपालिकाको सिमाना बारे धारणा सार्वजनिक गरेको छ ।
सुरज श्रेष्ठ धरान उपमहानगरका प्राविधिक इन्जिनियर हुन । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा दुई नगरपालिकालाई छुट्याउने वास्तविक नाप नक्सा समेत सार्वजनिक गरेको छ । उनले लेखेको छ – ” धरानकाे आधिकारिक सिमाना हासपाेसाकाे कृषि फाराम उत्तरतिर शान्तिनगर जाने बाटाेभन्दा ३३२ मी. उत्तरदेखि शुरू हुन्छ । त्यस ठांउबाट २.९५ कि.मी. उत्तरसम्म राजमार्गकाे पश्चिमपट्टी धरान र पूर्वपट्टी ईटहरी हाे ।” इन्जिनियर श्रेष्ठले लेखेका छन – ” त्यस स्थानपछिकाे उत्तरतर्फ राजमार्गकाे दुबै पट्टि धरान हाे ।” श्रेष्ठले उक्त स्थानबाट सेउती खाेलाकाे पूल २.४१ कि.मी. अझै उत्तरपट्टी पर्ने बताएको छ । याे आधार गुगल म्यापले मात्र हाेईन भन्दै नेपाल सरकारकाे नापी विभागबाट जारी भई नेपालभरि प्रयाेग गरिने नक्शा हाे भनिएको छ । उनले यसैकाे आधारमा धरानकाे क्षेत्रफल १९२.३२ वर्ग कि.मी. रहेको बताए । त्यसैगरी ईटहरीकाे क्षेत्रफल ९३.७८ वर्ग कि.मी. नेपाल सरकारले कायम गरिदिएकाे आधार पेश गरिएको छ ।
उनले लेखेका छन – ” एउटा सामुदायिक वन २ वा २ भन्दा बढी स्थानीय तहमा परेकाे थुप्रै उदाहरण छन् ।” त्यस्को उदाहरण पेश गर्दै काेशी टप्पु वन्यजन्तु आरक्ष ६ वटा स्थानीय तहमा पर्छन् । अन्य उदाहरण पेश गर्दै नेपाल प्रहरीकाे गस्ति गर्ने क्षेत्र काठमाण्डाै उपत्यकाभित्र पर्ने स्थानीय पालिकाकाे सिमाना अनुसार नभई सहजताका आाधारमा हुने बताएको छ । त्यो जस्तै नेपाल प्रहरीले सेउतिसम्म गस्ति गर्छ वा सामुदायिक वनले हेरेकाे छ भन्दैमा स्थानीय तहकाे सिमाना पनि त्यही हुनुपर्छ भन्नू उचित हाेईन भन्ने दाबि इन्जिनियर श्रेष्ठले गरेको छ ।
केहि दिन अघि धरान सिमा प्रारम्भ भएको बोर्ड नेकपा एमाले सम्बद्ध युवा संघले नाराबाजी समेत गरेर हटाएका थिए । त्यसपछि सिमा विवाद थप चुलिएका थिए । यस बीच प्राविधिक इन्जिनियर समेत रहेका सुरज श्रेष्ठले व्याक्तिगत एकाउण्टबाट नै सिमानाको यथार्थ कुरा सार्वजनिक गरिएको हो ।
गत बैशाख १० गते तरहराको पानी पिया नजिकै धरानको सिमा प्रारम्भ भन्ने बोर्ड राखेको कुरालाई इन्जिनियर सुरज श्रेष्ठले प्राविधिक रुपमा पुष्टि गरिएदिएको छ ।
Discussion about this post