चलचित्र सिक्कुमको शुभमुहर्त बुढासुब्बामा

धरान । राज फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र सिक्कुमको शुभमुहर्त गरिएको छ । सोमबार सुनसरीको धरान १४ स्थित बुढासुब्बा मन्दिर परिसरमा पुजाआजा गर्दै चलचित्रको शुभ मुहर्त गरिएको हो ।

यस चलचित्रमा लिम्बु तथा बाहुन क्षेत्रीको भाषा संस्कार संस्कृतिलाई लिएर निर्माण गर्न लागेको निर्माण टिमले जानकारी दिए । यस चलचित्रलाई निर्देशक सुर्य बुढाथोकीले गरेको छ चलचित्रका लेखक तथा  सल्लाहकार दिलिप फुरुम्बो रहेका छन ।

ऐतिहासिक तथा सामाजिक कथामा बन्न लागेको उक्त चलचित्रमा नायक राज श्रेष्ठ,नायिका पबित्रा लिम्बुको मुख्य भुमिका रहने निर्माण युनिटले जनाएको छ । अन्य कलाकारहरुमा हंष बहादुर लिम्बु,टेकराज लिम्बु,भोगेन्द्र लिम्बु प्रदिप देवान,मिना कुमारी मादेम्बा राजकुमारी लिम्बु कोपीला शाक्य,राधा लिम्बु प्रोडक्सन म्यानेजर सागर आईडु लगायतको अभिनय रहनेछन ।

चलचित्रलाई क्यामेरामा कैद गर्न क्यामरा पर्सन केशब अधिकारीले गरिरहेका छन । चलचित्र सिक्कुमाको छायांनक  धनकुटा,तेह्थुम,सुनसरी,मोरङ,लगायतका रमणिय स्थलहरुमा गरिने चलचित्र निर्माण युनिटले जानकारी दिएका छन ।

तीन वटा गीत रहेको चलचित्र सिक्कुममा भिम बिसीको संगीत टेक बीसी र बेनीसा पौडलको स्वर रहेको छ । करिब ७५ लाखको लागतमा निर्माण हुन लागेको उक्त चलचित्र करिब ३० दिनभित्र छायाङकन सक्नेगरी शुभमुर्हत गरिएको निर्माता तथा चलचित्रका नायक राज श्रेष्ठले जानकारी दिएका छन ।  ।

चलचित्रका सह निर्माताहरुमा दिनेश डा“गी,बिना कुमारी लिम्बु,मिना कुमारी लिम्बु,डम्बर कुमारी पयाङगो मेन्याङवो र चन्द्रकला सुब्बा रहेका छन भने उक्त चलचित्रलाई निर्देशन बिजय सुब्बाले गर्ने छन । चलचित्रको निर्माता तथा निर्माण नियणत्रक मिलन सुबेदी समेत रहेको चलचित्र निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित