धरान उपमहानगरका वर्तमान तथा पुर्व जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति छानबिनको माग

धरान । धरान उपमहानगरपालिकामा विगत देखि अत्यन्तै धेरै आर्थिक भ्रष्टाचार भएको भन्दै पूर्व तथा वर्तमान जनप्रतिनिधि र कर्मचारीहरुको सम्पत्ति छानबिन माग गरिएको छ ।

स्वतन्त्र नागरीक समाज,सचेत धराने समूह,जनसरोकार मंच धरानले संयुक्त रुपमा सोमबार मेयर हर्क साङ्पाङ समक्ष १४ बुँदे छानबिन माग पेश गरिएको छ । छानबिन मागपत्र आफ्नो नाममा साथै उनीहरुको आफन्तजनहरुमा स्रोत खुल्न नसक्ने अवैध सम्पत्ति रहेको आशंका रहेको भन्दै तीन पुस्तेसम्मको सम्पत्ति मिहिन ढङ्गले छानबिन माग गरिएको छ । अवैध रुपमा स्रोत नखुल्ने सम्पत्ति जोडेको पाइएमा कसुर अनुसारको कानुनी कारवाहीको माग समेत गरिएको छ ।

पत्रमा पुर्व मेयर मनोज मेयाङ्बो,तिलक राई,कार्यवाहक मेयर मन्जु भण्डारीको नाम समेत किटान गरेर छानबिनका लागि मेयर समक्ष पेश गरेको छ । त्यसैगरी कर्मचारीहरु गणेश खतिवडा,खगेन्द्र खतिवडा, इन्जिनियर सुरज श्रेष्ठ,रन्जित साहको नाम समेत किटानि गरेर छानबिनका लागि माग गरिएको छ ।

त्यसैगरी दोस्रो कार्यकाल दोहोरिएर आएका वडा अध्यक्षहरु वडा नम्बर १५ का नरेश इवारम,१७ का मनोज भट्टराई,१८ का प्रविण राई, १९ का पुर्ण लिम्बु,सहित अन्य जनप्रतिनिधिको सम्पत्ति छानबिनको लागि मागरिएको छ ।

जवाफमा मेयर हर्क साङ्पाङले छानबिनका आश्वासन दिदै त्यस्तो भेटिए कार्वाही हुने बताए ।

छानबिनका लागि पेश गरिएका १४ बुँदे मागहरू :

१. पूर्व मेयर मनोज कुमार मेनेबो (लिम्बू) (कारण: जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

२. पूर्व मेयर तिलक राई ( कारण के कति सम्पत्ति छ स्रोत प्रमाणित हुने कति र बिना स्रोतको कति)

३. पूर्व उपमेयर मन्जु भण्डारी (कारण: जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

४. एक कार्यकाल बिताएर पुनः दोहोरिएका धरान १७ का वडाध्यक्ष सूर्य बहादुर भट्टराई ( कारण: विगतमा अत्यन्तै गरीब मान्छे, विदेश गएको नदेखिएको, व्यापार व्यवसाय गरेको पनि नदेखिएको, जागिर खाएको पनि नदेखिएको जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने,

५. एक कार्यकाल बिताएर पुनः दोहोरिएका धरान १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (कारण जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

६. एक कार्यकाल बिताएर पुनः दोहोरिएका धरान १५ का वडाध्यक्ष नरेश इवाराई (लिम्बु) (कारण: जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

७. एक कार्यकाल बिताएर पुनः दोहोरिएका धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बु (कारण: जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

८. गणेश खतिवडा कर्मचारी (कारण जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

९. खगेन्द्र खतिवडा कर्मचारी (कारण: जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

१०. रन्जित शाह कर्मचारी (कारण: जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

११. सुरज श्रेष्ठ कर्मचारी (कारण: जुन किसिमको सम्पत्ति जोडेको छ त्यसको स्रोत वैधानिक नदेखिने, कहाँबाट ल्याएर जोडेको हो सो खुलाउनु पर्ने)

१२. धरान १० का वडाध्यक्ष विवेक राई । के कति सम्पत्ति छ र कसरी प्राप्त गरेको हो सो खुलाउन आवश्यक)

१३. अन्य सबै जन प्रतिनिधिहरु र अन्य सबै कर्मचारीहरु (कारण के कति सम्पत्ति छ र कसरी प्राप्त गरेको हो सो खुलाउन आवश्यक )

१४. ADB एसियाली बिकास बैंकबाट ल्याइएको ऋण चरम अपचलन भएको बुझिएकोले तत्कालीन योजनामा सम्बद्ध सबैको सम्पत्ति छानबिन गराइपाऊँ भनी अनुरोध गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित