प्रतिनिधिसभा उप निर्वाचन पछिल्लो मत परिणाम

बारा । बारा जिल्ला क्षेत्र नम्बर २ को गत बैशाख १० गते सम्पन्न उप चुनाबको मत गणना शुरु भएको छ ।

पछिल्लो समयमा बारा जिल्लाको करैयामाई वडा १, २ र ३ (मधुवन, सहजाैली, गालाेपट्टी, बजनी) काे गणना सकिएको छ । बारा स्थित हंश साहले जानकारी दिए अनुसार तीन वटा वडामा ३२४१ मत खसेका थिए । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११४६ मत प्राप्त गरेका छन ।तीन वटा वडाको मत गणना सकिदा जनता समाजवादी पार्टीका उपेन्द्र यादबले १११७ मत प्राप्त गरेका छन । त्यसैगरी एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले २४४ मत आम जनता पार्टीले ११४ मत प्राप्त गरेको कुरा हंस साहले जानकारी दिए । बारामा कुल मत ६९१०७ खेका छन ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएको छ । इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५०० भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३६०२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २०८२ मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १४९४ मत प्राप्त गरेका छन् ।

तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छ्न । तनहुँबाट यस अघी नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेलले बिजय गरेका थिए । पौडेल राष्ट्रपति भएपछि रिक्त स्थान रहेका थिए । बाराबाट जनता समाजवादी पार्टीका रामसहाय यादबले बिजय प्राप्त गरेका थिए ।उनि उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेका थिए । चितवनमा नागरिकता काण्डले रबि लामिछानेको गृहमन्त्री पद सहिद सांसद पद बदर गरेपछि उप चुनाब भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित