धरान । धरानमा हाल भैरहेको खानेपानीको अभावलाई थप अभाव बनाउन शंकास्पद रुपमा कृत्रिम अभाव सिर्जना गराउने प्रपण्च रचेको भेटिएको छ ।
गएराति अर्थात बैशाख ८ गते शुक्रबार राति धरान १३ स्थित सुम्निमा ट्यांकिबाट पानी खोलिएको भेटिएको छ । तर्क मगर र शेमर राईलाई आशंका लागि जानकारी दिएपछि हेर्न पुग्दा पानी खोलिएको पाइएको कुरा तर्क मगरले जानकारी दिए । पछिल्लो समयमा वडा अध्यक्ष र मेयरको टकराव शुरु भएपछि थप मेयर हर्क साङ्पाङलाई बद्नाम गराउने उद्देश्यले यस्तो गरेको हुनसक्ने आशंका मगरले गरे ।
ट्यांकिबाट पानी खोलिएको जानकारी पाउनासाथ तर्क मगर र युटुब समेत चलाउने शेमर राई शुक्रबार राति पानीट्यांकि गएको बताए । ट्यांङ्कि पुग्दा वास आउटबाट पानी खोलिएको भेटिएको बताए । पानीको अवस्था हेर्दा धमिलो समेत नभएको पानी वास आउटबाट छोड्नुपर्ने कुनै कारण नभएको तर्क मगरले बताए । यस कुराबाट स्पष्ट हुने दाबि गर्दै कृत्रिम अभाव सिर्जना गराएर मेयर साङ्पाङको बदनाम गराउन खोजिएको आशंका गरे । तर्क मगरले भने-” होइन भने वास आउटबाट पानी छोड्नुपर्ने कुनै कारण छैन ।”
तर्क मगरले शेमर राईलाई भनेपछि दुबैजना ट्यांकिमा गएको कुरा शेमर राईले बताए । शेमर राईले त्यहाँको अवस्था हेर्दा भने शंकास्पद भएको बताए । दुबैजना गेटमा पुगेर कुरा गर्दा पछाडीपट्टि खोलिएको पानी बन्द गरेको बताए । तेतिन्जेलसम्म पानी छोड्ने मान्छे भागिसकेको बताए । शंका लागेपछि त्यहाँ ड्युटीको लागि खट्ने ब्यक्ति बाहिर गएको अवस्थामा रहेको पाएको बताए । त्यहाँको संपुर्ण अवस्था हेर्ने हो भने शंकास्पद रहेको शेमरले बताए ।
यस बिषयमा तत्काल मेयर हर्क साङ्पाङलाई कल गर्दा राति भएर होला फोन न उठाएको बताए । यस विषयमा खानेपानी बोर्डका इन्जिनियर राजु पोखरेललाई खबर गर्दा काठमाडौ जानको लागि बिराटनगर पुगेको थाहा भएको बताए । यस बिषयमा गम्भीर छानबिन नगरेमा पानीको कृत्रिम अभाब बनाउन लागिपर्ने देखिएको बताए ।
Discussion about this post