धरान । धरान उपमहानगरपालिकाको पछिल्लो समयमा आएर कार्यपालिका बैठक स्थगन भैरहेको विषयलाई लिएर बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिएर बाटो प्रसस्त गर्न मेयर हर्क साङ्पाङले माग गरेको छ ।
बिहिवार मेयर साङ्पाङको कार्यकक्षमा गरिएको पत्रकार सम्मेलनमा धरान उपमहानगरका वडा अध्यक्षहरुले राजिनामा दिएर बाटो प्रसस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध गरिएको छ । प्रेस बिज्ञप्तिमा – “कसैले म बैठक बस्दिन भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको भन्दै राजिनामा गर्न माग गरेको छ ।
विज्ञप्तिमा विगत केही महिना देखि बिना कुनै खास कारण पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकार माथि खेलवाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न वाध्य भएको उल्लेख छ।
वडाहरुमा के कस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहन पर्ने कुनै कारण नभएको जिकिर गर्दै उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरीकको मौलिक हक दिन नमानेको आरोप मेयर साङ्पाङले लगाएको छ । पुनः वडाहरुमा के कस्ता के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्ति मार्फत निर्देशन दिन्छु भनिएको छ ।
मेयर साङ्पाङले स्थानीय सरकार संचालन ऐन २०७४ को धारा १६ (कार्य विभाजन र कार्य सम्पादन) को उपधारा ४ क (नगर प्रमुखको काम कर्तव्य र अधिकार को दफा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गर्ने भाँडभैलो मचाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नु पर्ने कुनै कारण नभएको दाबि गरिएको छ । साथै धरान उपमहानगरपालिकाको बैठक संचालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको बताए । मेयरले सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिका सदस्यको कर्तव्य रहने भनिएकोले कार्यपालिकाको अध्यक्षता गरिरहेको नगरप्रमुखको सामुन्ने अवज्ञा गर्दै भाँडभैलो गर्नु विधिको उलंघन भएको जिकिर छ । विज्ञप्तिमा बैठकमा के एजेण्डामा बोल्ने र कसले कति समयमा बोल्ने भन्ने कुराको निर्णय बैठकको अध्यक्षले गर्नेछ भनी सोही कार्यविधिको दफाको उपदफा ३ र ४ मा दिइएको अधिकार प्रयोग गरी धेरै नबोल्नु समय सकियो भन्दा “बोल्छु के गर्छस” भन्दै उफ्रनुले त्यस्ता सदस्यहरुको स्पष्टीकरण माग गर्नुपर्ने देखिएको दाबि गरिएको छ ।
देश र जनताको सेवा गर्छु। आफ्नो कर्तव्य पूरा गर्छु । कुनै पार्टी, जाति, धर्म, वर्ग, क्षेत्र भन्दा माथि उठेर काम गर्छु ।” भनी खाएको सपथ बिर्सेर पार्टीको व्हीपलाई जनताको हीत भन्दा ठुलो मान्ने र जनताको विकासका कामहरु गर्न गराउन निर्णय गर्नु पर्ने महत्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरु प्रति खेद प्रकट गर्दछु भनिएको छ । स्थानीय सरकार ल संचालन ऐन २०७४ को धारा १६ उपधारा ४ को घ ( वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको काम, कर्तव्य र अधिकार) को १ अनुसारको कर्तव्य पूरा नगरेको देखिएकोले तुरुन्तै सच्चिएर बैठकमा उपस्थित हुन आह्वान पनि आह्वान गरिएको छ ।
सप्तरंगी पार्कलाई बहु सा,सांस्कृतिक पार्क बनाउने विषयको विवाद साम्य भएपछि मेयरका स्वकीय सचिबले वडालाई पात्राचार गरेको विषयमा फेरि अर्को विवाद भएपछि पत्रकार सम्मेलन गर्दै राजिनामा माग गरेको हो ।
Discussion about this post