मेयर हर्क साङ्पाङले आगामी चुनाबको लागि पनि मेयरको उम्मेदवारी घोषणा,जासुसी नगर्न पत्रकारलाई चेतावनी(भिडियो सहित)

 

धरान । धरान उपमहानगरपालिकाका वर्तमान मेयर हर्क साङ्पाङले आगामी स्थानीय चुनाबको मेयर पदका लागी उम्मेदवारी दिने घोषणा गरेको छ ।

बिहिबार ट्रष्ट ग्रीन टि जहाँ श्रमदान गर्न जाने भेला हुने स्थानमा सहयोगी दाताहरुलाई धन्यवाद दिने क्रममा आगामी चुनाबको लागि मेयर पदको उम्मेदवारी घोषणा गरेका हुन । उनले भने -” आउदो स्थानीय चुनाबमा मै उठ्छु मलाई हराएर देखाउनु ।” मेयर साङ्पाङले आफुलाई हराएर देखाउन चुनौती दिए । आफुलाई हराए घरमा बस्ने उनले बताए । त्यसैगरी श्रमदानको काम गर्न भन्दै आफु पहिलो रुपमा आउने बताए । उनले सम्पत्तिको फुई लाउनेले एउटा पाईप दिन नसकेको भन्दै पदको फुई लाउनेले एउटा ढुंगा बोक्न न आएको आरोप लगाए । वडा अध्यक्षलाई लक्षित गरेर भन्दै एउटा स्टाटस लेख्दा सयजनाले गालि गरेको दाबि गरे । कार्यपालिका बैठक अवरोध भैरहेको अवस्थालाई इङित गर्दै सहकार्य गरेर अगाडि बढे सबैलाई हित हुने उनको दाबि थियो ।

धरानमा श्रमदान हुनुपर्ने धराने जनताको माग रहेको भन्दै हुन्न कसैले भन्छ भने उल्टै आन्दोलन हुने दाबि गरे  । साङ्पाङले खानेपानी धारामा छैन आएन भनेर गीत गाउन छोडिन आग्रह गरे । त्यसको सट्टा पाईप आउन आग्रह गरे । करोडौं सहयोग आएको भन्दै आफुलाई एक रुपैया नचाहिने बताए । झोला फालेर ढुंगा बोक्ने खुट्टा तान्ने होइन पाइप तान्नुपर्ने बताए । मेयर हर्क साङ्पाङलाई असफल बनाउन खोज्नु भनेको धरान असफल बनाउन खोजिएको आरोप लगाए । आफु केहि नभएको भन्दै आफु पहिले नै सक्किसकेको बताए ।

उनले पत्रकारहरुलाई पनि असल नियतले आउन भन्दै जासुसी गर्ने उदेश्यले न आउन चेतावनी दिए ।

कोरिया र अमेरिकाबाट कोखा खोलाको लागि सहयोग
बिहिवार दक्षिण कोरियाबाट एक लाख ४३ हजार रुपैया कोखा खोलाको खानेपानी अभियानलाई सहयोग आएको छ । हाल दक्षिण कोरियामा वैदेशिक रोजगारमा कार्यरत ताप्लेजुङका माया पोमुको अगुवाईमा ३१ जना विभिन्न व्यक्तिबाट संकलन गरिएको उक्त सहयोग अभियानको लागि हस्तान्तरण गरिएको हो । त्यसैगरी अमेरिकाबाट राना साङ्पाङ परिवारबाट खानेपानी र रक गार्डेन निर्माणको लागि भनेर सहयोग हस्तान्तरण भएको छ । त्यसैगरी अन्य ब्यक्तिबाट पनि आएको आर्थिक सहयोग हस्तान्तरण भएको छ । (थप जानकारीको लागि भिडियो हेर्नुहोस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित