धरान । कोशी नाम खारेजी आन्दोलनका क्रममा घाइते भै उपचारको क्रममा मृत्युु भएका पदम लिम्बु लाजेहाङको अन्त्येष्टि बैशाख ९ गते गर्ने भएको छ ।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको बैशाख ५ गते बसेको बैठकले निर्णय गरेको भन्दै आगामी बैशाख ९ अन्त्येष्टि गरिने जनाएको छ । लाजेहाङको आमा बुबा छोरा सहित मोरङ जिल्लाको बेलबारीमा बस्दै आएका छ । पुर्ख्यौलि घर तेह्रथुम जिल्ला भए पनि हाल मोर्ङ जिल्लाको बेलबारीमा आमा बुबा छन । लाजेहाङ भने धरान बस्दै आएका थिए । गत चैत ५ गते कोशि नाम खारेजी बिरोधमा बिराटनगर घेराउको क्रममा टाउको लाठि प्रहार भएका थिए ।
संयुक्त संघर्ष समितिले लाजेहाङको मृत्युलाई लिएर सहिद घोषणा क्षतिपूर्ति अनि प्रदेश नाम खारेजी माग गर्दै आन्दोलन चर्काउदै आएको छ । संघर्ष समिति उपरोक्त काम नगरुन्जेलसम्म लाश न उठाउने अडाल लिएका थिए । नेपाल सरकारको चैत २४ गते बसेको मन्त्री परिषद बैठकले लाजेहाङलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति १० लाख दिने निर्णय गरेका थिए । संघर्ष समितिले मन्त्री परिषदको निर्णयलाई संसदबाट अनुमोदन गर्दै राष्ट्रपतिले सदर गरेर राजपत्रमा प्रकाशन गर्नुपर्ने अडान लिएका थिए । मन्त्री परिषदको निर्णयलाई सम्बन्धित जिल्लामा पत्राचार गरिएका थिए । जिल्ला प्रशासनले लाजेहाङका अभिभावकलाई सहिद घोषणा र क्षतिपूर्ति दिने निर्णयको जानकारीपत्र गत चैत २८ गते जिल्ला प्रशासन कार्यालय तेह्रथुमले लाजेहाङका अभिभावकलाई दिइसकेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लिम्बुवान मंचका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले त्यहि पत्रको आधारमा लाश उठाउने निर्णय संयुक्त संघर्ष समितिले गरेको समितिको निर्णयलाई उदृत गर्दै जानकारी दिए । लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लिम्बुवान मंचसंग आबद्ध थिए ।
लाजेहाङको शब अहिले धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब गृहमा राखिएको छ । शबलाई धरानबाट अन्त्येष्टिको लागि शव यात्रा गर्दा ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रद्धाञ्जली अर्पण गर्ने तयारी भएको छ । त्यसैगरी १२:३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेश सभा परिक्रमा गराउदै २:३० बजे सहिद लाजेहाङको घर बेलवारी पुराउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने पनि संयुक्त संघर्ष समितिको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
समितिले बिरोधको कार्यक्रम पनि सार्वजनिक गर्दै २०८० वैशाख १० गते इटहरीमा विरोध सभा गर्ने निर्णय गरेको छ । त्यसैगरी वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने निर्णय बिज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post