शैक्षिकसत्रसंगै पुस्तक पसलमा भिड,पाठ्यक्रम र पाठ परिवर्तन गरेर नयाँ किताब किन्न बाध्य

धरान । यतिबेला देशभर शैक्षिकसत्र शुरूवात भएको छ । शैक्षिकसत्र शुरुआतसंगै सामुदायिक विद्यालयको लागि पुस्तक किन्नेको भिड लागेको छ ।

धरान उपमहानगरभित्र रहेका पुस्तक पसलमा मेला लागेको छ । रातको ८ बजेसम्म पुस्तक पसलमा भिड देखिन्थे । यहि भिडले होला सबै किताब पुर्णरुपमा उपलब्ध भएको पाईदैन ।

यसपटक पनि पुरानो पुस्तक नचल्ने भएको छ । हरेक शैक्षिकसत्रमा पाठ्यक्रमसंगै किताब भित्रको पाठ परिवर्तन गराएर नयाँ पुस्तक भिडाउनु नै शैक्षिक व्यावसाय गरिरहेका छ्न । अघिल्लो वर्षको पुस्तक यस वर्ष नचल्ने भएको छ । जसले गर्दा वर्षैपिच्छे अभिभावकले अनिवार्य किन्नुपर्ने बाध्यता भएको छ । यदि हरेक वर्ष पाठ्यक्रमसंगै पाठ परिवर्तन नगरेमा व्यापार नै लगभग घट्ने भएर नै होला यस्तो तरिका अपनाएको ।

धरानमा रहेको एक पुस्तक पस्ले भन्छ यसपटक कक्षा ५,८ र १० को पाठ्यक्रम परिवर्तन भएको बताए । उनले जानकारी दिए अनुसार अन्य किताबको भित्र रहेको पाठ परिवर्तन भएको बताए । त्यहि कारणले नयाँ पुस्तक किन्नुपर्ने बताए ।

काठमाडौ महानगर र धरान उपमहानगरले अहिलेको शैक्षिकसत्रमा बिद्यालयले तोकेको पसलमा किताब किन्न र युनिफर्म किन्ने बारे सार्वजनिक सूचना गर्दै त्यसो नगर्न भनिएको छ । धरान उपमहानगरपालिका शिक्षा शाखाले सामुदायिक बिद्यालयलाई निर्देशन दिदै पत्राचार गरिएको छ – ” शैक्षिक सत्र २०८० सुरु हुन लागेको र विद्यार्थीहरुले प्रयोग गर्ने पुस्तक, ड्रेस, व्याग लगायतका शैक्षिक सामाग्रीहरु खरिद गर्ने समय आएको हुँदा विगत वर्षहरुमा संस्थागत विद्यालयहरुले माथि उल्लेखित शैक्षिक सामाग्रीहरु खरिद गर्न कुनै एउटा मात्र पसल तोक्ने र सो पसलवाट मात्र खरिद गर्न बाध्य गराई नागरिकहरुले स्वतन्त्र रुपमा आफुले चाहेको पसलवाट खरिद गर्ने अधिकारवाट बञ्चित गराएको भन्ने धेरै जनगुनासो आउने गरेको उल्लेख छ ।साथै अभिभावक संघ नेपालवाट सो विषयमा यस उपमहानगरपालिकालाई स्मरण पत्र समेत बुझाएकाले शैक्षिक सामाग्रीहरु खरिद गर्ने सम्बन्धमा ड्रेस पुस्तक आदिको विवरण उपलब्ध गराउने र अभिभावक तथा विद्यार्थीहरुले आफूले चाहेको पसलवाट किन्न सक्ने व्यबस्था गर्न साथै विद्यालयले लिने शुल्क समेत आफु खुसी बृद्धि नगर्न निर्देशन गरिन्छ भनेर पत्रमा उल्लेख छ । निर्देशन पत्रमा भनिएको छ – ” यदि कतैवाट सो सम्बन्धमा गुनासो आएमा वा अनुगमनका क्रममा निर्देशनको उल्लङ्घन गरेको पाईएमा कानून अनुसार कार्वाहि हुने व्यहोरा समेत जानकारी गराईन्छ ।”

तर वर्षैपिच्छे नयाँ पुस्तक किन्नुपर्ने बाध्यता बनाउने सामुदायिक बिद्यालयलाई भने यस्ता निर्देशनले छोएको देखिदैन । स्थानीय अभिभावकका अनुसार एउटै पुस्तक पसलमा किताब ड्रेस किन्न लगाएपछि कमिसन तीस प्रतिशतसम्म दिइन्छ । जसले गर्दा बिद्यालय तोकिएको पसलमा अभिभावकलाई किन्न बाध्य बनाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित