धरानमा जारी छ जारी चलचित्रको अग्रीम टिकट बुक गर्नेको,हल ब्यावस्थापन भन्छ पाइरेसि छैन (भिडियो सहित )

नबिन रम्तेल/ निमा पोङ्स्युवा

धरान । धरानमा चलिरहेको नेपाली चलचित्र जारी दैनिक छ सात सो लगाउदा पनि दर्शकको भिड उत्तिकै रहेका छन ।

सोमबार धरानको बराह भवनमा रहेको फ्रेन्डस सिनेमा हलमा चिसेफायुको रिपोर्टिङ गर्ने क्रममा बोक्स अफिसमा टिकट काट्न आएका दर्शकसंग बुझ्दा तिनदिनसम्मका लागि टिकट नपाएको बताए । त्यहाँ तत्काल टिकट काटेर हेर्नका लागि भनेर पनि दर्शक आएका थिए । तर तत्काललाई टिकट नपाईने भएपछि पछिको लागि बुक गर्नेकि नगर्ने भनेर अलमलमा देखिन्थे ।

धरान वडा नम्बर १३ बाट २५ वर्षपछि जारी फिल्म हेर्न हल आएको एक जोडि दम्पतीले बताए । उनले भने =” म राई हुँ तर लिम्बुको संस्कारसंग सम्बन्धीत छ भन्ने सुनेपछि हेर्न आएको।” तर दुबैजनाले टिकट नपाएपछि निराश देखिन्थे । दिउँसो तिनबजेको शोमा टाढाबाट टेम्पोमा आएकाहरु पनि टिकट नपाउदा निराशा देखिन्थे । उनिहरु इटहरीमा हेर्न जाने सल्लाह गर्दै थिए ।

यही बैशाख १ गतेदेखि देशभर अनि विदेशमा समेत लागेको जारी चलचित्रले चार दिनमा नै करोडौं कमाएको जनाएको छ । तर यसरी कमाईसंगै दर्शकको हातमा रहेको मोबाईलबाट फिल्मका मुख्य मुख्य दृष्य खिचेर सामाजिक संजाल टिकटक, फेसबुक, युटुबमा आएपछि भने निर्माता आएत्तिएको छ । बाँसुरी फिल्म्सका मणिराम पोखरेलले नेपाल प्रहरीको प्रधान कार्यालय साइबर ब्युरो काठमाडौमा अनुसन्धानको लागि उजुरी दिएको छ ।

ब्यूरोमा दिएको उजुरीमा बिभिन्न ब्यक्तिले बिभिन्न सामाजिक संजालमा खिचेर हालेको दाबि गरिएको छ । बैशाख १ गतेदेखि चलेको जारी फिल्म मोबाईबाट खिचेर सामाजिक संजाल टिकटोक,फेसबुक,युटुब,इन्स्ट्राग्राम लगायतमा हालेको उल्लेख छ । जस्ले गर्दा निर्माण समुहलाई आर्थिक नोक्सान भएको भन्दै अनुसन्धान गर्न माग गरेको छ ।

यस विषयमा फ्रेन्ड सिनेमाका व्यावस्थापन हेर्ने सन्देश घिमिरेसंग बुझ्दा आफुले सामाजिक संजालमा देखेको बताए । तर फ्रेन्डस सिनेमा हलमा ९९ प्रतिशत पाइरेसि नरहेको दाबि गरे । धरानमा सेक्युरिटी खटाएको बताए । मोबाईलबाट खिच्छ या खिच्दैन भनेर सेक्युरिटी खटाईरहेको बताए । त्यो संगै फिल्म शुरु हुनुअघि पनि पर्दामा सुचना देखाउने गरेको बताए । यसो गर्दा पाइरेसि नभएको दाबि गरे ।

घिमिरेले फिल्म राम्रो रहेको बताए । त्यहि भएर हल प्याक रहेको बताए । दिनमा छ सात सो गर्दा पनि दर्शक अझै आइउरहेको बताए । दर्शकले सिट नभए पनि भुईमै बसेर हेर्न समेत जिद्दी गरेको बताए ।

कबि उपेन्द्र सुब्बाको निर्देशनमा रहेको जारी लिम्बु समुदायको संस्कारमा आधारित बनेको निर्माण टिमले बताएको छ । दयाहाङ राई मिरुना मगर प्रेम सुब्बा लगायतको मुख्य रोल रहेको जारी फिल्म दयाहाङ र मिरुना  मगरको कबड्डिपछि सुपरहिट नेपाली चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित