काठमाडौ । किरात राई प्रज्ञा परिषद्का प्राज्ञ सभा सदस्य सामाजिक सांस्कृतिक अभियानता भद्रगोल किरातीलाई विना अभियोग, अदालतको आदेश वा कुनै जानकारी नै विना पक्राउ गरेको भन्दै प्रदेश १ पुनः नामांकन संघर्ष समितिले बिरोध जनाएको छ ।
प्रहरीले गरेको हर्कतको बिरोध गर्दै संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र गोपनीयताको अधिकार विपरीत उहाँकै वासस्थान सातदोबाटो ललितपुरबाट आज २०८० वैशाख २ गते ११ बजे अपहरण शैलीमा प्रहरीले पक्रिएको दाबि गरिएको छ । पक्राउपछि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमा राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ । संघर्ष समितिले अविलम्ब विना शर्त रिहाइ गर्न जोडदार माग गरीएको छ ।
विना कुनै कसुर गिरफ्तार गरिएका भद्रगोल किरातीलाई विनाशर्त अविलम्ब रिहा नभएमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ सशक्त प्रतिरोधमा उत्रन बाध्य हुने चेतावनी दिएको छ । जसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरोकारवालाले लिनु पर्ने चेतावनी दिएको छ । बिज्ञप्तिमा ‘कोशी’ प्रदेश नाम खारेजीको शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाउने कार्यमा नलाग्न समेत सरोकारवालालाई सजग गराएको छ ।
Discussion about this post