नव गठित महिला समूहले वचत गर्न थाल्यो, धेन्डुबबाट दश हजार प्रदान

धरान । केहि महिना अघि अनौपचारिक रुपमा गठन भएको महिला समुह गिन्नाब पोङ्जले वचत गर्न शुरु गरेको छ ।

ज्यालो लोसरबाट अनौपचारिक रुपमा गठन भएको गिन्नाब पोङ्ज (समूह) ले मासिक एक हजार रुपैयाको दरले वचत संकलन गर्न शुरु गरेको छ । बिक्रम सम्बतको पहिलो दिन समुहलाई बैधानिकता दिन बिधान मस्यौदालाई बैठकमा पेश गरेका थिए । बैठकमा पेश गरिएका विधानलाई अध्ययन पश्चात् पुनः पेश गरेपछि अन्तिम रुप दिने भएको छ ।

मासिक एक हजार संकलन गर्न शुरूवात गरेसंगै आन्तरिक रुपमा नै लगानी गरेको छ । आन्तरिक रुपमा लगानि गर्दा सहुलियत ब्याज दरमा लगानि गरिएको छ । एक प्रतिशतले लगानि गरिएको वचत स्वास्थ्य उपचार को लागि थप सहुलियत दिन विधानमा समावेश गरुएको छ ।

शिक्षा,स्वास्थ्य,अनि साना व्यापार व्यावसाय गर्नका लागि समेत सहुलियत दरमा रिण उपलब्ध गराउने उद्देश्य गठन गरिको हो । संखुवासभा जिल्लाको ऐतिहासिक थातथलो शिङ्सा क्षेत्र हालको भोटखोला गाउँपालिकाबाट आएर सुनसरी जिल्लाको धरान इटहरी लगायतमा जटिबुटि व्यावसाय गर्दै आएका २५ जना महिलाहरु यस समुहमा आबद्ध छन ।

गठन भएको शुरूवातमा नै भोटखोला गाउँपालिकाका धेन्डुब भोटेले बिउ पुँजिको लागि १० हजार प्रदान गरेको छ । त्यसैगरी च्याम्तङ (दम्दाङ ) घर भै हाल धरानमा जडिबुटी बिक्रि गर्दै आएका च्यप्साङ हमुवाले २ हजार १० रुपैया प्रदान गरेको छ । त्यसैगरी छितेन नुप्पा,रेजाङ नुप्पा,ल्हाज्याङमु नुप्पाले एक एक हजार रुपैया प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित