नयाँ बर्ष र जुडसितल पर्बको अबसरमा मधेसी सेवा समाजको कार्यालय उदघाटन

धरान । नयाँ  बर्ष बि.स. २०८० सुरुभएसंगै मधेशी समुदायले मनाउने जुडसितल पर्बको अबसर पारी मधेसी सेवा समाज सुनसरी जिल्ला कार्य समिती कार्यालयको उदघाटन गरिएको छ ।

शनिबार एक भब्य कार्यक्रमका बीच धरान १ सुनसरी उद्योग बाणिज्य संघ अगाडी धुलिखेल समाज जाने गल्लिमा रहेको उक्त समाजको कार्यलय समुदघाटन गरिएको हो । समुदघाटन कार्य महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रा.डा. तथा मधेशी सेवा समाजका बिद्यान मस्यौदा तयारकर्ता र सल्लाहकार समेत रहनुभएका अशोक झाले गर्नुभएको थियो । सोही क्रममा प्रमुख अतिथि झाले मधेशी सेवा समाजको स्थापना कुनै पार्टीको नभई जातीको सेवाका लागी गरिएको बताए ।

उनले मधेशी समुदाय पनि अबको समाजमा अगाडी बढन र आफना काम कतब्र्य तथा सेवा मार्फत समाजलाई अगाडी बढाउने उदेश्यका साथ पनि गठन भएको बताए । झा ले यो समाजको कल्पना करिब ५ बर्ष अगाडी नै गरेको भएपनि अन्नत अहिले आएर आधिकारीकताको रुपमा तयार भएको बताए ।

उनले धरानमा निकैको संख्यामा मधेशी समुदाय बसेको भएपनि कुनै संस्घ संस्था नहुदा काम गर्न अप्ठयारो भईरहेको अबस्थामा अबको दिनले यो समाजले अगाडी बढाएर जाने पनि बताए । झाले यस समाजको स्थापना गर्नुको मुख्य उदेश्य नै सबै मधेशी जातीलाई एकिकृत गर्दे आफसी भाईचारका कायम गर्नु नै रहेको बताएका थिए ।
समाजका जिल्ला अध्यक्ष महेन्द्र दत्त कायस्थको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पुर्बाअन्चल क्याम्पस धरानका प्रध्यापक रामदयाल यादव,मधेसी युबा सेवा समाजका सम्योजक दिपक अग्रहरी,मधेसी महिला सेवा समाजकि सम्योजक रेखा शाह लगायतका समाजका करिब ४०/५० जनाको उपस्तिथि रहेको थियो ।

मधेशी सेवा समाजका सचिव डा.श्रीराम शाहले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमकै दौरान महेन्द्र भगत र सुशील शाहले आजिबन सदस्य समेत लिएका थिए । समाजको अन्य ब्यक्तिहरुका लागी सदस्यता फारम खुल्ला रहेको र मधेशी समाजका ईच्छुक ब्यक्तिहरुले सदस्यता फारम कार्यलयमा गएर लिन सकिने र फारम भरेर समाजको सदस्य बन्ने अबसर जुटाईदिएको समाजका अध्यक्ष महेन्द्र दक्त कायस्थले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित