धरान । मिस्टर एन्ड मिस प्रोभिन्स किड्स 2023 को पहिलो चरणको अडिसनबाट २५ जना छनोट भएका छन ।
बुधबार धरानमा सम्पन्न भएको पहिलो अडिसनबाट छ्नौट गरिएको कुरा आयोजक ड्रीम्स एम प्रोडकसन
कार्यक्रम निर्देशक मेरिना तुम्सा लिम्बूले जानकारी दिए । छनोट भएकाहरुमा मिजाङ गुरुङ,एन्जल चेम्जोङ लिम्बु,अनन्या गुरुङ ,ईन्छुहाङ लिम्बु , तुनिसा बन , शोभा वन , सोनिया लिम्बु , सोफिया लिम्बु ,सिमा शाह,कबिसा लावति , मियोक नामहाङ लिम्बु , मिङ्सो लावति , सियोना राई , आर्यन शाह , ईशान बानिया , निक्लोस राजन ज्याक्सन, क्याथलिन श्रेष्ठ , मिङसोहाङ लिम्बु , आरोहि राई , मनिता लिम्बु, स्नेहा राई , शिभाङ्स अधिकारि , रेसुमा राई ,श्रेया श्रेष्ठ र सामु तामाङ रहेका छन ।
छनोट भएका प्रतियोगीलाई यहि बैशाख ३ गतेदेखि तालिम दिईने बताए । साथै अनलाइन अडिसन आगामी बैशाख ५ गतेसम्म रहेको पनि आयोजकले जानकारी दिएको छ । जसका लागि सहभागी ५ बर्ष देखि माथी १५ बर्ष मुनिको सम्पुर्ण बालबालिका ले सहभागीता जनाउन सक्ने आयोजकले जानकारी दिए ।
पहिलो चरणको अडिसनको निर्णायकमा मिस स्टेट बिजेता स्वेता भुजेल,मिस प्रोभिन्स आईडल बिजेता नुरिन ज्याक्सन बस्नेत , मिस उर्लाबारी फस्ट रनर अप ज्वाला कुरुम्बाङ्ग लिम्बू , मिसेस प्रोभिन्स आईडल बिजेता भावना जबेगु लिम्बू रहेका थिए ।कोरियोग्राफर स्वेता भुजेल र मेरिना तुम्साले गरेका थिए ।
आगामी बैशाखको अन्तिममा फाईनल गराउने तयारी रहेको प्रोभिन्स किड्स २०२३ को बिजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी क्रमस फस्ट रनर अप लाई १५ हजार , सेकेन्ड रनर अप लाई १० हजार क्राउन ट्रफी सर्टिफिकेट दिइनेछ । त्यसैगरी अन्य १६ बिधाको सब टाईटलको उपाधि समेत घोषित गरिने आयोजकले जानकारी दिएको छ ।
Discussion about this post