धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको कोखा खोला पानी अभियानलाई साथ दिदै धरान एकता समाज बहराईनले ४५ थान पाईप हस्तान्तरण गरेको छ ।
बिहीवार बुद्ध चोक नजिक नियमित भेला हुने स्थानमा बहाराईनबाट आएका समाजका प्रतिनिधिहरुले मेयर हर्क साङ्पाङलाई पाईप हस्तान्तरण गरेका थिए । शरणकुमार राईको संयोजकत्वमा संकलन गरि खरिद गरिएका ४५ थान पाईपको मुल्य भने ३ लाख २० हजार पर्नेकुरा समाजका प्रतिनिधिहरुले जानकारी दिए ।
पछिल्लो समयमा खडेरीमा पनि कोखा खोलाको पानी नसुक्ने देखिएपछि तिब्र रुपमा पाईप तान्ने काम भैरहेको छ । धरान बजारबाट २५ किलोमीटर दुरीबाट ल्याईरहेको पानीको लागि पाईप किन्न देश विदेशबाट उत्तिकै आर्थिक सहयोग आईरहेका छन । दैनिक जसो पाइप तान्ने श्रमदान बढिरहेका छन । बिहिबार मात्र एक्स आर्मि ट्रेनिङ सेन्टरका युवाहरु पाईप तान्न श्रमदानमा गएका छन ।
कोखा ल्होलाको पानी ल्याउन भनेर धरान चैत २५ गते राष्ट्रिय कलाकारहरुको सांगीतिक कन्सर्ट समेत गरेका थिए । कन्सर्टमा सुन्दर साउन्डको साउण्ड सिस्टमको करिब ५ लाख रुपैया लाग्ने भाडा समेतबाट लेबर खर्च मात्र लिएर पानीको लागि भन्दै भाडा छुट दिएको कुरा सुन्दर साउण्डका प्रोप्राईटरले जानकारी दिए ।
त्यसैगरी कोखा खानेपानीको लागि भनेर मेयर हर्क साङ्पाङ अष्ट्रेलिया जाने तयारी भएको छ । मेयर साङ्पाङ अष्ट्रेलिया जानको लागि बन्दै चलचित्रकर्मि दिनेश डिसिसंग सम्झौता भैसकेका छन ।
पकुवा,सर्दु खर्दु निशाने,भालुखोलाको सफलतापछि वडा नम्बर २० मा रहेको कोखाखोला पनि अव सफलताको नजिक पुगिसकेको छ ।
Discussion about this post