निमा पोङ्स्युवा
बेलबारी ( मोरङ ) । कोशी नाम खारेजी आन्दोलनका सहिद पदम लिम्बु लाजेहाङको नाममा युके र युएईबाट पठाएको आर्थिक सहयोग सात लाख हस्तान्तरण गरिएको छ ।
बुधबार सहिद लाजेहाङको आमाबुबाको बसेको बेलबारि स्थित घरमा पुगेर हस्तान्तरण गरिएको छ । आन्दोलनरत छ घटकका प्रतिनिधिहरुले युकेबाट विश्वासदिप तिगेला , भरतमणि चोङ्बाङ,जितेन्द्र चेम्जोङ सहितको समुहको ९६ जनाले संकलन गरिएको नेपाली ५ लाख रुपैया लाजेहाङको आमा बुवालाई हस्तान्तरण गरिएको छ ।
त्यसैगरी किरात याक्थुङ चुम्लुङ युएई संघीय लिम्बुवान सामाजिक मंच युएईमा संकलन गरिएको २ लाख ६ हजार पनि लाजेहाङका बुवा आमालाई हस्तान्तरण गरिएको छ । युएईबाट पठाएको रकम लासाङ निङ्लेखुबाट हस्तान्तरण गरिएका थिए ।
कोशी नाम खारेजी आन्दोलनको बेला गत चैत ५ गते बिराटनगरमा घेराउ कार्याक्रममा लाठि टाउकोमा लागिएका थिए । लाजेहाङको उपचारको क्रममा धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चैत १० गते निधन भएका थिए ।
आन्दोलनकारीले सहिद घोषणा नगरेसम्म शब न उठाउने अडानमा अहिलेसम्म शबगृहमा राखिएको छ । नेपाल सरकार मन्त्री परिषदले चैत २४ सहिद घोषणा गर्ने निर्णय गरिको छ । साथै परिवारलाई १० लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । तर आन्दोलनकारीले संसदबाट अनुमोदन गरी राष्ट्रपतिबाट सदर गरेर राजपत्रमा प्रकाशित नगरेसम्म शब न उठाउने अडानलाई निरंतरता दिएको छ ।
सहिद लाजेहाङको आमाबुवा एक छोरा छन । भने लाजेहाङ पनि एक्लो छोरा हो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा किरात राई यायोक्खा,किरात याक्थुङ चुम्लुङ,जनमुक्ति पार्टी,जसपा,लिम्बुवान लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
लाजेहाङका बुबा छत्रबहादुर लिम्बुले आफ्नो एक्लो छोरा गुमाउनुपिडा सँधैको घटना रहेको बताए । मेरो छोरा मार्नुको सट्टा हामिलाई मारेको भए पनि हुने भन्दै एउटा मात्र भएको छोराको हत्या राज्यले गरेको बताए । कोशीको सट्टा पुरै देश नमागेको भन्दै यति कुरामा पनि राज्यले दमन गरेको बताए । कोशी नाम नसच्याएसम्म आन्दोलन जारी रहने उनले बताए । उनले भने -“मेरो छोराको लाश १९ दिन भयो के गर्न खोजेको हो ?” उनले आफु सहित लाजेहाङको छोरालाई राज्य के गर्ने भन्दै रोजगार अनि आजिवन राज्य पाल्नुपर्ने बताए ।
Discussion about this post