धरान । मालपोत कार्यालय धरानले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, संघीय लिम्बुवान मंच सुनसरी जिल्ला कार्यसमितिले मंगलबार उजुरी गरेको छ । मंचका सुनसरी अध्यक्ष अमर इजमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा मालपोत हाकिम विरुद्ध उजुरी दिएको बताए ।
धरान १६ बाट धरान वडा नं. ६ स्थीत पानवारीमा स्थानान्तरण गरी पानवारीमा लैजाने योजना संक्रमणकालिन समयमा जन प्रतिनिधि नभएको मौका छोपि २०७३ सालमा तात्कालिन मालपोत प्रमुख भिम गौतम र नापि कार्यलय प्रमुख कृष्ण प्रशाद न्यौपानेले भुमाफियाको मिलेमतोमा धरान र धराने जनताको विरोधका बाबजुत एक, एक कट्ठा जग्गा मालपोत र नापि प्रमुखले नवल सिंग आलेको नाँउमा जग्गा राजिनामा पास गरी आफन्त नातामा जेठी सासुको पति देवेन्द्र प्याकुरेलको नाँउमा तुरुन्तै अधिकृत वारेस नामा गरी राजु गौतम माउन्ट एभरेष्ट लेखापढीको सञ्चालकलाई मिलिमतोमा बिक्री गरेको दाबि गरिएको छ ।
कृष्ण प्रशाद गौतमको २०२७ सालमा सर्भे नापि हुँदा कि.न. ९०३ को ज. वि. १-५-७५० धुर वग्गा दर्ता गरी उक्त जग्गा मध्ये मिति २०७४ कार्तीक ०५ गतेका दिन रन: ९७७ (क) वैलि रु. २९२५००/- (दुई लाख बयानब्बे हजार पाँच सय) राखी जिल्ला नवलपरासी, शिव मन्दिर वाड नं. ५ बस्ने वावु भिम बहादुर आले बाजे गोपिलालबाट मिति २०७३ फागुन १२ गते सुनसरी जिल्ला अदालतबाट प्रमाणीत गरी अ.वा. बाट जिल्ला सुनसरी धरान उपमहानगरपालिका वार्ड नं. ११ बसोवास देखाई बुवा उद्धव गौतम को छोरा टिकाराम गौतमको नाति वर्ष ३८ को खोलि ऋणी वर्ष ३३ को खोलि लेखी नवल सिंह आलेको अधिकृत वारेस नामा द्वारा वाझगरा ३ (ग) कि. न. ९०३ बाट राजिनामा पास गरेको प्रमाणमा देखिन्छ भन्दै सो जग्गा खण्डकृत गरी सो कित्ताको जग्गा किक्ताकाट गरी जिल्ला सुनसरी धरानको मालपोत कार्यलयलाई जिल्ला सुनसरी वाझगरा ३ (ग) कि.न. ८३ को रन. २१४८ (क) मिति २०७३ पुष २४ गते रु. ५०००००/- (पाँच लाख) को थैलि राखी दान पत्र भनि लेखतका माथि लिखित धएको जग्गा मध्ये ०-२-० कट्ठा जग्गा दिएको देखिन आएको दाबि गरिएको छ । जिल्ला सुनसरी बाझगरा ३.ग. कि.न. ९०१ ससिम जग्गा नवलपरासी वार्ड न. ३ बस्ने भिम व. आलेको छोरी धन ब. रानाको धर्म पत्नि आलेको वर्ष १९ कि रक्षा राईले जिल्ला सुनसरी इनरुवा ३ बस्ने उद्धव गौतमको छोरा टिका राम गौतमको नाति लाई रनं ११८२ (क) पैलि रु.१५००००/- (एक लाख पचास हजार मा ससिम जग्गा वर्ष ३८ को राजु गौतम लाई राजिनामा पास गरिदिएको भनेर उजुरी पत्रमा उल्लेख छ । लेखापढी गर्ने व्यक्तिले उक्त जग्गा खरिद गर्न सक्ने हैसियत के छ अथवा छैन भन्दै निजको सम्पती छानविन समेत गर्न अनुरोध छ भनेर अख्तियरमा हालिएको उजुरी पत्रमा उल्लेख छ ।
त्यसैगरी उजुरीपत्रमा जिल्ला सुनसरी धरान मालपोत कार्यालय, एवम जिल्ला सुनसरी धरान नापि शाखालाई जिल्ला सुनसरी बाझगरा ३ ग. कि. न. ३ बाट ०-२-० कट्ठा कित्ताकाटगरी धरान मालपोत कार्यलयलाई जग्गा विघा ०-२० कट्ठा जग्गा दान पत्र रन. २१४७ (क) मिति २०७४ पुरा २४ मा ज. वि. ०-२-० कट्टा जग्गा दिएको देखिन्छ भनिएको छ । निज दाताबाट अवमुल्य नभएको जग्गा मालपोत र नापि लाई दान पत्र दिने चलखेल गरि नापिको तात्कालिन कार्यलय प्रमुख भिम प्रशाद गौतम र कृष्ण प्रशाद न्यौपानेको नाममा नराखी निज कार्यलयको कर्मचारी जिल्ला सि. पा. कालिका वार्ड न २ वस्ने वर्ष ३४ को हरी वहादुर थापाको छोरी अर्जुन बहादुरको धर्म पत्नी रत्नकुमारी थापामगरको नाममा दर्ता कृष्ण प्रशाद गौतमले सडयन्त्र गरि लुकाई छिपाई नापि प्रमुख धरानको कार्यलय प्रमुख र दाताबाट यस किसिमको कृयाकलाप गरी र.न. ८३ वाट कित्ता काट गरी साविक कित्ता १-५-७५ वाट रत्न कुमारी थापा मगरलाई मिति २०७३/०९/२४ गते पारित भएको प्रमाणमा देखिन आएको दाबि गरिएको छ ।
मंचले सो जग्गाहरु छान बिनको माग गर्दै लेखापढी गर्नेका नामको जग्गा र कर्मचारी को नाममा भएका जग्गाहरु बदर माग गरिएको छ । उजुरीपत्रमा कार्वाहीको माग गर्दै यस्ता किसिमका कार्वाहीले राष्ट्र व्यापी भ्रष्टाचारि र भ्रष्ट विचारमाथि निरुत्साहीत गर्न अपेक्षा गरिएको छ ।
संघीय लिम्बुवान मंचले धरानभर प्रचारप्रसार गर्दै कालो झण्डा गाड्ने बिरोध कार्यक्रम गरिसकेको छ ।
Discussion about this post