नाटुको धरान नगर अधिवेशन सम्पन्न,अध्यक्षमा बिजय श्रेष्ठ चुनिए

नविन रम्तेल
धरान । “मर्यादित काम,सामाजिक सुरक्षा,सुरक्षीत कामको लागि अटोल्यान्डको ब्यबस्था” भन्ने मुल नाराका साथ सम्पन्न नेपाल अटो मेकानिक्स ट्रेड युनियन(NATU)को धरान नगरको दोस्रो अधिवेशनले विजय श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको छ ।

सोमबार सम्पन्न भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको सभाहलमा सम्पन्न भेलाले उपाध्यक्षमा दिपेन्द्र कुमार चौधरी कोषाध्यक्षमा नरपति खतिवडा सचिवमा प्रदीप कुमार प्रधान सहसचिवमा कमला बस्नेत सदस्यहरू कृष्ण पोखरेल, जिबन राई,नन्दु श्रेष्ठ हरिकृष्ण शाहि,खेम भुजेल,समिल भुजेल,भुवन गुरुङ र सल्लाहकारमा राजेश दर्नाललाई समेत चयन गरेको छ।

उक्त अवसरमा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले राणा शासन विरुद्धको आन्दोलनमा समेत पन्चानन्द दास र रघुनाथ गुप्ता जस्ता अटो मेकानिक्स मजदुरहरुको निर्णायक योगदानको चर्चा गर्दै इतिहास बोल्न नहुने कुरा बताए । उनले सम्पूर्ण मेकानिक्स मजदुर अर्को लागि सामाजिक सुरक्षा ऐन आइसकेकोले औषधिउपचार सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना ,आश्रित परिवार सुरक्षा योजना र पेन्सनको ब्यबस्था समेत भएकोले चासो लिनुपर्ने बताए ।

विशेष अतिथिको रुपमा NATU केन्द्रीय सचिव नेपालकै पहिलो महिला मोटरसाईकल मेकानिक्स निर्मला परियारले मजदुरको हक हितमा हरेक पालिकाले काम गर्नुपर्ने र मजदुर डेस्कको स्थापना गर्नुपर्ने बताईन्।

क्युपेक नेपालका महासचिव मुक्तिनाथ गिरीले मजदुरहरुको सुरक्षा ब्यबस्था,हप्तामा एक दिन अनिवार्य छुट्टीको व्यवस्था र दररेटमा एकरुपता हुनुपर्ने पर्ने बताए।

उक्त कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन(NATU)का केन्द्रिय परिषद उपाध्यक्ष रंगलाल गिरी,NATU धरान नगर सचिव नरपति खतिवडा,जिल्ला सचिब किरण भुजेलले शुभकामना मन्तव्य दिए।

कार्यक्रममा NATU का केन्द्रिय सदस्य एवं १ नं प्रदेश ईन्चार्ज सुनिल तोलाङ्गे,केन्द्रीय पुर्व अध्यक्ष पुरुषोत्तम भन्डारी,पुराना ब्यबसायी दादा मिस्त्रीका नामले परिचीत रंजित कुमार पारुहि लगायतको उपस्तिथि थियो।

कार्यक्रम बिजय श्रेष्ठको सभापतित्वमा रोशन दर्नालले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित