याक्खा छुम्मामा भुपाल जिमि पुरानै नेतृत्व आए

तेन्जिङ शेर्पा
धरान । याक्खा पहिचान र स्वायत्तताका लागि सम्पुर्ण याक्खा एक हौ भन्ने मुल नाराका साथ किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भै पुरानै अनुहार दोहोरिएको छ ।
आइतबार याक्खा छुम्माको केन्द्रीय भवन धरानमा सम्पन्नं महाधिवेशनबाट जिमीले ८२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको हो । अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी परेपछि निर्वाचन गर्नुपरेको हो । अध्यक्ष पदमा प्रत्यासी रहेका अर्का उम्मेदवार लहरुमाया जिमीले ४४ मत ल्याएका थिए । लहरुमाया जिमि नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका उपाध्यक्ष पनि हुन । त्यस अघि अन्य पद सर्वसम्मत भएका थिए । अध्यक्षमा मतदान भएको थियो । मतदानमा १ सय २६ मत खसेको हो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा चयन भए भने उपमहासचिवमा भरत याक्खा चयन भएका थिए ।

सचिव तीन जनामा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भएका छन । कोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्षमा विजय सोम्याहाङ चयन भएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णुकुमार थायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी, संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा रहेका छन । सदस्यमा इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान, मोरङबाट आनन्दकुमारी लिंखा, बम देवान र प्रतिबहादुर यक्खा, काठमाडौं उपत्यकाबाट धनबहादुर देवान, देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा, पूणर्प्रसाद लुम्बा याक्खा, पाँचछरबाट गजेन्द्र देवान चयन भएको कुरा निर्वाचन मण्डलका अध्यक्ष दुर्गा लिंखाले जानकारी दिए ।

महाधिवेशनको खुला सत्रमा ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता विद्या जिमी (भारोत्तोलन), एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्य विजेता निला जिमी, प्याराग्लाइडिङ राष्ट्रिय प्रशिक्षक देशवीर जिमी, याक्खा समुदायबाट प्रथम पिएचडी डा. गणेश जिमी, भवन निर्माण समिति संयोजक नेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुख सल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

महाधिवेशन संस्थापक अध्यक्ष लिलामणि जिमिको प्रमुख आतिथ्यमा भएको थियो । विषेश अतिथिमा सल्लाहकार संयोजक गणेश देवान,मानभगत चाम्लिङ,जीवन शेर्मा,भिम राई रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित