कोशी समर्थक एमाले प्रदेश सांसद पाँचकर्ण राईलाई कालो मोसो दल्यो,चारजना पक्राउ

निमा पोङ्स्युवा

खोटाङ । प्रदेश १ को नाम कोशीमा मत हालेको भन्दै खोटाङ जिल्लाबाट निर्वाचित एमाले सांसद पाँचकर्ण राईलाई कालो मोसो दलिएको छ ।

खोटाङमा कार्यक्रममा आएका पाँचकर्ण राईलाई कोशी नाम खारेजी पुनः नामंकन संघर्ष समितिले कालो मोसो दलिएको कुरा स्थानीय नबिन राई पिके खम्बुले जानकारी दिएको छ । एमाले सांसद पाँचकर्णलाई कालो मोसो दल्नुको साथै कालो झण्डा पनि देखाएको बताए । स्थानीयलाई उदृत गर्दै सन्जिब चाम्लिङले जानकारी दिए अनुसार खोटाङ जिल्लाको सातौ जिल्ला सभामा आएका सांसद पाँचकर्ण राईलाई सभा हलमा नै कालो मोसो दल्दै कालो झण्डा देखाएको जानकारी दिए ।

संघर्ष समितिको घटकहरु किराँत राई यायोक्खा,आदिवासी जानजाती महासग,जनता समाजबादी पार्टी,कालो मोसो दल्नेमा सहभागी भएका थिए ।

यसरी सांसदलाई कालो मोसो दल्ने कालो झण्डा देखाउने क्रममा चारजनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा युगसन राई किराँत यायोक्खा-अध्यक्ष , सुनिल चाम्लिङ जसपा- सचिव सप्तमनी राई- यायोक्खा पुर्व उपाध्यक्ष र डार्विन राई- यायोक्खा स-कोष अध्यक्ष रहेको बताए ।तस्बिर पिके खम्बु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित