काठमाडौ । नेपाल सरकारले कोशी नाम खारेजी विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका लाजेहाङ पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले लाजेहाङलाई सहिद घोषणा गर्ने निर्णय गरेको कुरा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताए ।
साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि आज बसेको बैठकले गरेको जानकारी दिए ।
प्रदेश १ को नाम कोशी राखेपछि फागुन १७ गतेदेखि निरन्तर आन्दोलनमा उत्रिएका थिए । त्यसैक्रममा गत चैत ५ गते बिराटनगर घेराउको कार्यक्रम राखिएका थिए । त्यही क्रममा टाउकोमा लाठि प्रहार भएका थिए । बिराटनगरमा लाठि प्रहार भए पनि उनको तत्काल उपचारमा गएका थिएन । पछि अचानक अस्वस्थ भएपछि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्न भएका थिए । आईसियुमा उपचारको क्रममा उनको निधन भएको हो । सहिद घोषणा क्षतिपूर्ति नहुन्जेल लाश न उठाउने अडानमा लाजेहाङको लाश अहिले बिपि अस्पताल धरानको शबगृहमा राखिएको छ ।
आन्दोलनकारीले लाजेहाङलाई सहिद घोषणा कोशि नाम खारेजी उचित क्षतिपूर्तिको माग गर्दै दोस्रो चरण को आन्दोलन घोषणा गरेको छ । अहिले देशभर एसइइ परिक्षा संचालन भैरहेको भन्दै २७ गतेसम्म बन्द हडतालको कार्यक्रम स्थगित गरेको छ । यस अघि स्थानीय तह वडा कार्यालयबाट कोशी नाम लेखिएको छाप लेटरप्याड,साईनबोर्ड हटाउने जलाउने च्यात्ने अभियानले व्यापकता पाएका थिए ।
Discussion about this post