काठमाडौ । प्रदेश १ को नाम कोशी राखेपछि पहिचानवादी भनिएका माओवादीको बढि आलोचना भएको छ । त्यही विषयलाई लिएर लिम्बुवान राष्ट्रिय मुक्ति माेर्चा नेपाल, किराँती राष्ट्रिय मुक्ति माेर्चा नेपाल र आदिवासी/ जनजाति संयुक्त माेर्चा नेपालकाे तर्फबाट बिहिवार प्रधानमन्त्री प्रचण्डलाई कोशी नाम खारेजीको ज्ञापनपत्र बुझाएको कुरा माओवादी केन्द्रका मुक्सामहाङ लिम्बुल्र जानकारी दिए ।
नाम खारेजीकै क्रममा आन्दोलनरत पदम लिम्बु लाजेहाङलाई सहिद घोषणा गर्नुपर्ने माग गरेको बताए । यस विषयमा प्रधानमन्त्री प्रचण्डले शुक्रबार बस्ने मन्त्रीपरिषदको बैठकबाट निर्णय गरिने वचन दिएको बताए । लाजेहाङ गत चैत ५ गते बिराटनगर घेराउका क्रममा टाउकोमा चोट लागेपछि उपचारको क्रममा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्युु भएका थिए । लाजेहाङको सहिद घोषणा र उचित क्षतिपूर्ति नदिएसम्म लाश न उठाउने भन्दै हाल बिपिको शबगृहमा नै राखिएको छ । प्रदेश १ सरकारले भने तील लाख रुपैया क्षतिपूर्ति दिने जनाएको छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश पुर्वमन्त्री समेत रहेका इन्द्र आङ्बोले कोशी राखेमा औला काट्ने प्रतिबद्धता दिएका थिए । तर जब फागुन १७ गते नाम राख्ने तय भए प्रदेश १ का सभासदले कोशीमा समर्थन जनाए । जवाफमा ईन्द्र आङ्बोले माओवादीलाई भोट नदिएको भन्दै कोशीमा समर्थन जनाएको अभिव्यक्ति सार्वजनिक भएको छ ।
कोशी नाम खारेजीको आन्दोलनमा लिम्बुवान मुक्ति मोर्चा र किरात मुक्ति मोर्चा पनि सहभागी छ्न । तर आफ्नै पार्टीको सांसदलाई के कस्तो कार्वाही गर्ने भन्ने कुरा भने सार्वजनिक भएको छैन । स्रोतका अनुसार बैठकमा पहिचानको आधारमा नाम हुनुपर्नेमा दवाब भएको बताए । स्रोतले ईन्द्र आङ्बो आगामि मुख्यमन्त्रीको लालचमा लागेको आरोप लगाए । त्यहि कारणले कोशीमा सहमति जनाएको बताए । कोशी नाममा समर्थन गरेको भन्दै ईन्द्र आङ्बोलाई ताप्लेजुङबाट लखेटिएका थिए ।
Discussion about this post