धरान । दुर्गम जिल्ला संखुवासभा शिङ्सालुङ भोटखोलाका गायक वाङछिरिङ खुम्बाले आफ्नो गीतमा चर्चामा रहेका गायिका समिक्षा अधिकारीसंग बर्दिवासको घाम बोलको गीत सार्वजनिक गरिएको छ ।
रियालिटि शोमा समेत प्रतिस्पर्धा गरेका वाङछिरिङले पछिल्लो समयमा अडियोसंगै म्युजिक भिडियो समेत सार्वजनिक गरेको छ । अहिले उक्त गीत म्युजिक भिडियोको कारण चर्चामा छ ।
गायनमा सानै उमेरदेखि लागेका उनले थुप्रै गीत रेकर्ड गरुसकेका छन । लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङको स्वर रहेको यो बर्दिवासको घाम बोलको लोकगितको भिडियो सार्वजनिक गरीए पछि चर्चा पनि पाउन थालेको छ । यस गीतमा अर्जुन पोख्रेलको शब्द, संगित, एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टले अभिनय गरेका छन । बैशालु उमेरका साथिभाईसंग घुम्दै रमाईलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजेका छन् ।यस म्युजिक भिडियोमा नरेश बीबीसीको मिक्सिङ र मास्टरीङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन र मिन रावलको सम्पादन रहेको छ ।
नृत्यशैलीमा तयार गरिएको भिडियोबाट अहिले राम्रो प्रतिक्रिया आईरहेको कुरा निर्माण युनिटले जानकारी दिएको छ । सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई बिकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरी रहेकाछन् ।
Discussion about this post