इनरुवा । मंगलबार बिना सूचना अदालतको बिना पुर्जी पक्राउ गरिएका इटहरी २० तरहराका दिपराज खिम्दुङ बुधबार रिहाई भएको छ । कोशि नाम खारेजीको बिषयमा वडा नम्बर २० को कार्यालय बन्द गर्ने क्रममा भनाभन भएको विषयमा पक्राउ गरिएको आशंका पुनः नामङ्कन संघर्ष समितिले गरेका थिए । खिम्दुङलाई पक्राउ गरेपछि ईलाका प्रहरी कार्यालय इटहरी लगेको थियो । इटहरीमा घेराउ गरेपछि जिल्ला प्रहरी कार्यालय इनरुवा लगेका थिए । कोशि नाम खारेजी समुहले बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा पुगि रिहाईको पहल भएका भएका थिए । पहलपछि जिल्ला प्रशासन कार्यालयमा लिखत गरि बिना सर्त रिहाई भएको कुरा जनमुक्ति पार्टीका विष्णु थाम्देनले बताए । उनले झुठा मुद्दाको सुचिमा रहेका थप नौ जनालाई समेत मुद्दा लगाउने तयारी रहेकोमा अव त्यसलाई समेत खारेज गरिएको थाम्देनले बताए ।
स्थानीयको भनाईलाई उदृद गर्दै थाम्देनले
इटहरी उपमहानगरपालिका वडा न. २० का वडा अध्यक्षले २०७९ फागुन २८ गते संघर्ष समितिद्वारा आव्हान गरिएको प्रदेश न.१ बन्दको पनि प्रतिकार गरेका थिए। उनै वडा अध्यक्षले चैत १४ गतेदेखि १७ गतेसम्म स्थानीय सरकार बन्द गराउने क्रममा पनि इटहरी उपमहानगरपालिका वडा न. २० मा प्रहरी बोलाएर जनता कुटाएको बताए । सोही क्रममा झडप हुँदा धेरै स्थानीय जनता घाइते भएका थिए । निर्दोष जनतालाई कपोकल्पित आरोप लगाएर योद्धा दिपराज खिम्दुङ सहित अन्य ९ जनालाई पनि मुद्दा हालेको बताए । उनले भने – “जनताको आन्दोलनको बलमा आज योद्धा दिपराज खिम्दुङलाई छुटाउन हामी सफल भयौं।”
रिहाईपछि नाराबाजी गर्दै घर ल्याई पुर्याएका थिए ।
Discussion about this post