इटहरी (सुनसरी ) । कोशि नाम खारेजी आन्दोलनकारी दिपराज खिम्दुङलाई उनको घरबाट बिना सुचना गिरफ्तार गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा बिरोध गरेको छ ।
उनलाई इटहरी वडा नम्बर २० तरहराबाट रातको ७:३० बजे पक्राउ गरिएको कुरा राष्ट्रिय जनमुक्ति पार्टीका नेता बिष्णु थाम्देनले जानकारी दिए । कोशी नाम खारेजीको आन्दोलनको बेला दोस्रोचरणको कार्यक्रम अन्तरगत वडा नम्बर २० को वडा कार्यालयमा भनाभन भएको कारण देखाउदै १० जनाको नाम लिइ पक्राउ गर्ने चेतावनी दिएको भन्दै तत्कालीन समयमा समेत आन्दोलनकारीले आपत्ति जनाएका थिए ।
मंलबार राति पक्राउ गरेको थाहा पाउने बित्तिकै इलाका प्रहरी कार्यालय इटहरीमा ब्यापक घेराउ गरिएका थिए । स्थिति तनाब भएपछि बिरोधका बाबजुद त्यहाँ नराखि जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको कुरा बिष्णु थाम्देनले जानकारी दिए । उनि किरात राई यायोक्खामा आबद्ध र राजनीतिक दल राष्ट्रिय जनमुक्ति पार्टीमा रहेको बताए ।
उनलाई छुटाउन बुधबार बिहानै इनरुवा जाने बताए । उनि लगायत अन्यलाई समेत पक्राउ गर्ने भनिएकोले सबैलाई पक्राउ गर्न नदिन र खिम्दुङ छुटाउन जिल्ला प्रशासन कार्यालय घेराउ गरिने बताए ।
Discussion about this post