मेयर हर्क साङ्पाङले धरानको बिकासको फेहरिस्त बुझाए प्रचण्डलाई

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङापाङको टोलिले प्रधानमन्त्री प्रचण्डलाई धरानको बिकास निर्माणको फेहरिस्त बिझाएको छ ।

मेयर साङ्पाङ उपमेयर आइन्द्र बेघा सहितको प्रतिनिधिमण्डल काठमाडौ पुगेर प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र शहरी बिकास मन्त्रालयलाई छुट्टाछुट्टै पत्र तयार गरी आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट माग गरिएको छ ।

भौतिक पुर्वाधार मन्त्रालयमा माग गरिएका योजनाहरुमा सर्दु पुल चिण्डेडाड सडक निर्माण,बिष्णु चोक सर्दु सडक निर्माण,सर्दु पुल बिष्णुपादुका सडक निर्माण,धरान ४ सतिघाट जाने सडक निर्माण रहेका छन ।त्यसैगरी धरान ५ को देउराली सडक निर्माण,कोखा खोला पक्कि पुल निर्माण,अँधेरी खोला,कार्कि छाप जोर सखुवा पक्कि पुल निर्माणका बजेट माग गरिएको छ । भौतिक पुर्वाधार मन्त्रालयमा धरान भित्र रहेका पुलपुलेसा सडक लगायतको लागि दर्जनबढि समस्या देखाएर आगामी बजेट अधिवेशनबाट विनियोजनको माग गरेको छ ।

त्यसैगरी शहरी विका मन्त्रालयमा पेश गरिएका मागपत्रमा धरान उपमहानगरपालिका ८ मा रहेको जिर्ण अवस्थाको सभागृह मर्मतको लागि पनि माग गरिएको छ । नजिकै रहेको नाटक थिएटर घर,वडा नम्बर १७ को बहु सांस्कृतिक पार्क,र राष्ट्रिय विभुति पार्क निर्माणका लागि दुई करोड माग गरिएको छ । त्यसैगरी भानुचोकको सार्वजनिक शौचालय निर्मण,धरान ८ को ल्याण्डफिल साइड,धरान ४ खाकर डाँडा खानेपानी मर्मत,देविथान पंपिङ खानेपानी आयोजना लगायतको माग पेश गरिका छन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित