राज्य निकायलाई दश दिने अल्टिमेटम ,एसईई परिक्षा अवधिभर कोशी बिरोध ठुला कार्याक्रम छैन – प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति

धरान । कोशि नाम खारेजी संघर्ष समितिले १७ गतेदेखि संचालन भैरहेको एसइइ परिक्षालाई मध्यनजर गर्दै चैत २७ गतेसम्म कुनै पनि ठुलो सभा सहितको बिरोधको कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।

सोमबार प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै – “देशभर एसईई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरु नरहेको सबैमा जानकारी गराउंदछौं ।” बिज्ञप्तिमा सङ्घर्ष समितिको आन्दोलन जारी रहेको भन्दै आन्दोलन ३३ औं दिनमा पुग्दासमेत पनि राज्य पक्षबाट निकासको लागि कुनै पहल नभएको जनाएको छ । आन्दोलनमा वीर गति प्राप्त गर्नुहुने मुक्ति योद्धा लाजेहाङ लिम्बु (पदमलाई सहिद घोषणा, क्षतिपूर्ति र दोषीलाई कारवाहीको कुनै परिणाममुखी पहल नभएको भन्दै अब निर्णायक आन्दोलनको १० दिने चेतावनी (अल्टिमेटम) पत्रसहितको चैत २७ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जस अनुसार :

१. राज्य निकायका प्रमुखहरुलाई २०७९ चैत २६ गते १० दिने चेतावनी (अल्टिमेटम पत्र दिने ।

२. २०७९ चैत २१ देखि २७ गतेसम्म जिल्ला, गाउँ/नगर र वडा तहसम्म सङ्घर्ष समिति गठन र जागरण अभियानलाई निरन्तरता दिने ।

३. आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको स्वयम्सेवक दस्ता निर्माण गर्ने ।

४. कोशी नाम खारेजी किन भन्ने शिर्षकमा २०७९ चैत २० देखि २७ गतेसम्म प्रत्येक दिन बेलुकीको भर्चुअल आमसभा आयोजना :

  • क) चैत २० गते जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समिति
    ख) चैत २१ गते नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा
  • ग) चैत २२ गते सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध सङ्घीय लिम्बुवान प्रान्तीय सञ्च
  • घ) चैत २३ गते नेकपा (एस) निकट नेपाल लिम्बु सङ्घ समाजवादी
  • ङ) चैत २४ गते राष्ट्रिय जनमुक्ति पार्टी सहितको ६ घटक
  • च ) चैत २५ जनता समाजवादी पार्टी सम्बद्ध किरात राष्ट्रिय समिति
  • छ ) चैत २६ गते जनता समाजवादी पार्टी सम्बद्ध शेर्पालुङ राष्ट्रिय समिति
  • ज ) चैत २७ गते जनता समाजवादी पार्टी सम्बद्ध शिल्पी राष्ट्रिय समिति
  • झ) चैत २८ गते नेकपा (माओवादी केन्द्र) सम्बद्ध किरात राष्ट्रिय मुक्ति मोर्चा

५. प्रदेशको तराई क्षेत्रमा आन्दोलनलाई सशक्त बनाउन समन्वयात्मक अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने।

६. राजनीतिक शक्तिहरुसँग थप सवन्वय प्रारम्भ गर्ने ।

७. पूर्व घोषित कालो झन्डा रोप्ने, कोशी लेटर प्याड प्रयोग अवरोध, कोशी नाम खारेजी साहित्यिक, सांस्कृत, कलात्मक कार्यक्रम, प्रचार, ८२ सांसद अवरोध तथा वहिष्कार लगायतको निरन्तरता र तिव्रता दिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित