निमा पोङ्स्युवा
धरान । ६६ औं सहकारी दिवसको मुल नारा ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ ६६ औं सहकारी दिवसको मुल नारा सहित धरानमा र्यालि निकालिएको हो ।
सोमबार लोकतान्त्रिक चौतारीमा भेला भै धरानको बजार परिक्रमा गरिएका थिए । धरानमा रहेको बिभिन्न नामको सहकारीले आ आफ्नो पोशाक अनि ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए । वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने गरेका छन् ।
पछिल्लो समयमा आएर कोरोनाको कारण थप आर्थिक मन्दि भैरहेका छ्न । धरानमा सहकारीको संख्या उत्तिकै छ्न । र सहकारीले निक्षेपकर्ताको बचत डुबाउने क्रम पनि जारी छ । बराह वचत सहकारी,भविष्य वचत सहकारी,सल्लेरी वचत सहकारी त्यस अघि ॐ चमेलिले निक्षेपकर्ताको वचत समयमा भुक्तान नदिई बन्द गराई संचालन फरार अनि कार्वाहीको क्रम जारी छ ।
धरानमा भित्रभित्रै धेरै सहकारी डुब्दै गैरहेको जानकारी आएको छ । समयमा भनेको बेला भुक्तान नगर्ने यस्ता सहकारी धेरै रहेको तर सार्वजनिक नभएको हुनबाकि भएका निक्षेपकर्ताले जानकारी दिएको छ । समयमा भुक्तान नदिएको भन्दै एक वचतकर्ताले बाँकि भुक्तान नगरे सो सहकारीको नाम सार्वजनिक गर्ने बताए । भित्रभित्रै मिलाउने काम भैरहेकोले सहकारीको नाम सार्वजनिक गर्दा निक्षेपकर्ताको लाईन भै थप समस्या हुने भएकोले नाम सार्वजनिक नगरेको बताए ।
Discussion about this post