मुस्लिम समुदायको रमजानमा अफतारी वितरण

भरतपुर (चितवन ) मुस्लिम समुदायहरुको ब्रत रमजानको अवसरमा मुस्लिम नेवा फाउन्डेसनले नियमित रुपमा अफतारी वितरण गरिरहेका छन ।

चितवनको भरतपुर वडा नम्बर ३ मा स्थानीय मुस्लिम समुदायलाई अफतारी वितरण गरिएको कुरा साहबुदिन मन्सुरीले जानकारी दिए । मुस्लिम समुदायले बिगत १० दिन देखि लगातार ब्रत बसिरहेका छन । यो ब्रत एक महिनासम्म रहनेछछन । हरेक बिहान ४ बजेदेखि बेलुकि ६ बजेसम्म निराअहार ब्रत बस्ने गरिन्छ । बेलुकि ६ बजेपछि इफ्तार गरिन्छ । इफ्तार भनेको ब्रत खुलाउने बुझिन्छ । त्यहि इफ्तारको समयमा सेवाई,खजुर,जुस तथा फलफुल मासु लगायतका खानेकुराहरु खाने गरिन्छ ।

साहबुदिनले चितवनका विभिन्न मस्जिदमा आगामी दिनमा अफतारी वितरण गरिने बताए । उनले हाम्रो संस्कृति हाम्रो संरक्षण भन्ने जिम्मेवारीकासाथ लागिरहने बताए ।

 

रमजान सकिएको दुई महिनापछि बकर इद शुरु हुन्छ । त्यस बेला बलि दिइ धुमधामकासाथ मनाउने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित