ईशाराको एकल कमेडि शो अब पुर्वमा पनि 

धरान । चर्चित हाँस्य कलाकार गणेश ईशाराको एकल कमेडि शो पुर्वमा पनि हेर्न  पाइने भएको छ । ईशाराको अल नेपाल एकल कमेडि शो पुर्वको ताप्लेजुङ,उदयपुर र झापामा ल्याउने तयारी रहेको कलाकार ईशाराले जानकारी गराएको हो । चैत्र २२ गते ताप्लेजुङको फुङ्लिङ, २५ उदयपुर बसाह, बैशाख २८ गते झापामा कार्यक्रम हुने उनले बताए ।

यस अगाडी पनि देशव्यापी रुपमा संचालन भएको ईशाराको कमेडि शो कोभिडका कारण रोकिएको थियो । उत्त शो लाई पुन : सुचारु गरि कार्यक्रमलाई निरन्तरता दिइने भएको हो । कलाकार ईशाराले आफ्नो हजुर आमा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना सहयोगार्थ को लागि देशव्यापी एकल कमेडि शो अभियान सुरु गरेको हो ।उनको अनुसार कार्यक्रमबाट संकलित रकमलाई सामाजिक कार्यमा प्रयोग गरिनेछ । बिशेष अनाथ बालबालिका तथा वृदाश्रम लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्ने उनले बताए ।

कमेडी सो कार्यक्रममा  जुनतारा साँस्कृतिक सेवा समाज र झर्ना कला केन्द्रको संयुक्त आयोजनामा हुन लागेको  कलाकार ईशाराले जानकारी गराएका छन भने पुर्वको लागि बसाह क्लब उदयपुर सङ्ग समन्वय गरेर कार्यक्रम गर्ने तयारी रहेको समेत उनले बताए । उनका अनुसार पुर्वको शो पश्चात काठमाडौ र पोखरामा समेत शो हुनेछ ।

कलाकार इशाराको गाईजात्रा कोसेली ´सदन हल र भट्टी पसल उस्तै’ ´साँढेतन्त्र` र ´भद्रगोल डटकम` रहेको छ । त्यस्तैगरि उनले दर्जनौ म्युजिक भिडियोको निर्देशन र थुप्रै इभेन्ट अर्गानाइज पनि  गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित