शिक्षक कर्मचारीको छोराछोरी अनिवार्य सरकारी स्कुल पढाउनुपर्ने

पान्थर । पान्थर जिल्लाको मिक्लाजुङ गाउँपालिका भित्र रहेका शिक्षक कर्मचारीको छोराछोरी अनिवार्य रुपमा सरकारी स्कुलमा पढाउनुपर्ने भएको छ ।

मिक्लाजुङ गाउँपालिकाबाट चैत १६ गते सार्वजनिक सूचना जारी गर्दै शैक्षिक सत्र २०८० देखि अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउन भनि सार्वजनिक सूचना जारी गरिएको छ । सूचनामा मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) बमोजिम विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोरा, छोरीहरुलाई अनिवार्य रुपमा आधारभुत तह (कक्षा ८ सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था भएको उल्लेख छ । सोहि अनुसार यस कार्यालयको मिति २०७२/१२/१३ गतेको पालिका अध्यक्षस्तरीय) निर्णय बमोजिम सम्पूर्ण मिक्लाजुङ गाउँपालिका भरिका निर्वाचित जनप्रतिनिधिहरु, सामुदायिक विद्यालयका कार्यरत शिक्षक तथा शिक्षिकाहरु, विद्यालय कर्मचारीहरु र सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुका छोरा, छोरीहरुलाई सरकारी (सामुदायिक ) स्कुलमा अनिवार्य भर्ना गर्न भनिएको छ ।

शिक्षक कर्मचारीको छोराछोरी महंगो निजि स्कुलमा पढाउने भएपछि सरकारी स्कुलमा विद्यार्थी संख्या कम हुने र पढाईमा बेवास्ता हुने सरकारको निष्कर्ष छ । आफ्ना छोराछोरी निजि पढाउने आफु सरकारी जागिरमा हुँदा पनि शैक्षिक गुणस्तर कम भएको बुझाई छ । कम तलबमा निजिमा गुणस्तर हुने सरकारी तलब दिएर पनि गुणस्तर खस्किनुमा शिक्षक कर्मचारीको छोराछोरी निजिमा पढाउनु नै मुख्य कारण देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित