मेयर साङ्पाङको पानी अभियानमा शिव बान्तवाको पहलमा पाँच लाख पैसठी हजारको पाईप हस्तान्तरण,एकै दिन उठ्यो २३ लाख (भिडियो सहित)

निमा पोङ्स्युवा
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको कोखा खोलाको पानी अभियानलाई साथ दिदै शिव बान्तवाले ५ लाख ६५ हजारको नगद र पाईप हस्तान्तरण गरिएको छ ।

शनिबार श्रमबार भन्ने मेयर साङ्पाङको नारा अनुसार प्रत्येक शनिवार धरान ८ स्थित धनकुटे रोड मेयर साङ्पाङकै घर अगाडि भेला हुने गर्दछ । त्यहि स्थानमा शिव बान्तवाले ६४ वटा पाईप नगद एक लाख हस्तान्तरण गरिएको छ ।

शिव बान्तवाले मेयर साङ्पाङको पानी अभियानलाई सहयोग गर्दै यतिको पाईप हस्तान्तरण गरेको हो । कोखा खोलाको पानी ल्याउन मेयर साङ्पाङले २५ किलोमीटरको पाईप किन्न सार्वजनिक आह्वान गरेका थिए । त्यहि अनुसार बान्तवाले पनि सहयोग संकलन अभियान थालेको बताए । उनले सामाजिक संजालमा स्टाटस लेखेपछि सहयोग आएको बताए । यसरी सहयोग गर्नेमा धरान अनि धरान बाहिरबाट सहयोग आएको बताए । उनले यसरी आएको सहयोगले धरानको तिनकुनेबाट पाईप खरीद गरि हस्तान्तरण गरेको बताए ।

शिव बान्तवाले नौलो प्रयोग पनि गरेको छ । उनले जस्ले जतिवटा पाईप उपलब्ध गराए तेति नै पाईपमा नाम लेखेर स्टिकर टाँसेका छन । जसले गर्दा दिनेको पनि नाम देखिने भएकोले यसरी प्रयोग गरेको उनले बताए । पहिलो चरणको सहयोग हस्तान्तरण गरेको भन्दै आगामी दिनमा दोस्रोचरणको सहयोग पनि जुटाउने उनले बताए ।

घरमा धारामा पानी पानी न आएको गुनासो गर्नेमा शिव बान्तवा पनि पर्दछ्न । तर उनि पानी आएन भनेर आवाज उठाएर नबसि कोखाको पानी ल्याउन होस्टेना हैसे थपेको देखिन्छ ।

शनिवार २२ लाख बढि आर्थिक सहयोग संकलन

कोखा खोलाको पानी ल्याउनको लागि शनिवार एकै दिन १८ लाख ९५ हजार ८९० रुपैया आर्थिक संकलन भएको छ । शिब बान्तवाबाट संकलन भएको सहयोगको पाईपलाई नगदमा रुपान्तरण गरी हिसाब गर्दा २३ लाख बढि सहयोग एकै दिनमा संकलन भएको छ । आर्थिक सहयोग गर्नेमा शनिबार सार्वजनिक गरिएको विवरण अनुसार ५० रुपैयादेखि २ लाख रुपैयासम्म आर्थिक सहयोग गर्नेको विवरण प्रोजेक्ट मेनेजर भनेर चिनिने दत्त लिम्बुले सार्वजनिक गरे ।

धरान १० का ईश्वरीमाया लिम्बुले एक लाख नगद र ५ बोरा चामल हस्तान्तरण गरीएको छ । धरान १७ का दिलुङ्छा खेम इस्बोबाट ५१ हजार प्रदान गरेको छ । आमा नैनमायाको स्मृतिमा छोरा गंगा राई हाल युकेबाट १ लाख ५ हजार हस्तान्तरण भएको छ । त्यसैगरी ठुलो रकम हस्तान्तरण गरिनेमा धरान १९ का लिलामाया राईबाट ८२ हजार उपलब्ध भएको छ ।हाल युकेबाट आमा आज माया राई बुबा बीरबहादुर राई र ससुरा हर्षनाराण राई सासु तारादेवि राईको नाममा शेरबहादुर राई र लिला राईबाट नगद २ लाख हस्तान्तरण गरिएको छ ।

हाल युकेमा रहेका प्रेमछिरि शेर्पाबाट नगद १ लाख हस्तान्तरण भएको छ । धरान १० का प्रेमकुमार गुरुङ र अनिता गुरुङबाट १ लाख ५ हजार उपलब्ध भएको छ । धरान १० बाट नै मिलन गुरुङ र सुमित्रा गुरुनले १ लाख ५ हजार उपलब्ध गराएको छ । त्यसैगरी युकेबाट अमृत राईले नगद १ लाख शनिवार हस्तान्तरण गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित