काठमाडौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक राई नेपाल सरकारको संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएको छ ।
शुक्रबार अशोक राईले पदको सपथ लिएका हुन । राईले सपथ लिएपछि शुक्रबार नै पदभार सम्हालेको छ । उहाँलाई मन्त्रालयका सचिवसहितका उच्च अधिकारी तथा कर्मचारीहरुले मन्त्रालयमा स्वागत गरेका छन् । लगत्तै मन्त्रालयका सचिवले मन्त्रालयबारे ब्रिफिङ गरेका थिए ।
अशोक राई गत मंसिरको आम चुनावमा सुनसरी निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । संविधान जारी भएपछिको दोस्रोपटकको निर्वाचनमा सुनसरीबाट निर्वाचित भएका हुन । गत निर्वाचनमा एमालेसंगको तालमेलमा उम्मेदवार भएका अशोक राईलाई भोट माग्दा भावि मन्त्री भनेर नै प्रचारप्रसार गरेका थिए । जनता समाजवादीमा अशोक राईलाई संसदीय दलको नेता नबनाउदा कार्यकर्ता असन्तुष्ट थिए ।
अशोक राई यस अघि नै एमालेमा हुँदा यातायात र स्वास्थ्य मन्त्री भैसकेका थिए ।
Discussion about this post