कोशी नाम खारेजी समुहले धरान उपमहानगर र वडाको लेटरप्याड,छाप जलायो,वडा नम्बर १० मा कोशी लेखिएको एलएडि तोडफोड (भिडियो सहित)

निमा पोङ्स्युवा

धरान । कोशी नाम खारेजी संघर्ष समितिले दोस्रो चरणको आन्दोलन अनुसार धरान उपमहानगरपालिका र वडा समितिको छाप लेटरप्याड जलाएको छ ।

बिहिवार आन्दोलनरत समुह नाराबाजी गर्दै धरान उपमहानगरपालिमा आएका थिए । सो समुहले नगरपालिका कार्यालय भित्र प्रवेश गरि कोशि लेखिएको सबै छाप र लेटर निकालेर गेट अगाडि जलाई दिएका थिए । संघर्ष समितिले भित्र रहेका सबै कर्मचारीलाई बाहिर निकालेर गेटमा चाबि लगाइदिएका थिए । त्यसैगरी मुल गेटमा दायाँबायाँ कालो झण्डा गाडेका थिए ।

आन्दोलन समुह धरान उपमहानगर प्रवेश गर्दा मेयर हर्क साङ्पाङ,उपमेयर आइन्द्र बेघा प्रमुख प्रशासकिय अधिकृत गणेश खतिवडा कार्यालयमा थिएन । आन्दोलनकारीले सबै कोठा खानतलासी गर्दै केटरप्याड र छापलाई पेट्रोल लगाई जलाईदिएका थिए ।

आन्दोलनकारीले नारिवाजि र कोणसभा गर्दै नजिकै रहेको १२ नम्बर वडा समिति कार्यालयमा पनि ताला लगाउनुका साथै कालो झण्डा गाडेका हुन ।

त्यसपछि वडा नम्बर १० पुग्दा एलइडिमा कोशि लेखिएको भेटिएपछि ढुंगा प्रहार गरेर फुटाईदिएको छ । सबै वडामा कालो झण्डा राख्ने छाप निकाल्ने,लेटरप्याड जलाउने क्रममा वडा नम्बर ७,१६,१३,१४,१५,२ बाट ठुलो परिमणमा लेटरप्याड निकालि जलाईदिएको छ । वडा नम्बर ३,९,१९ भने बन्द थिए ।

धरान उपमहानगर वडा नम्बर ५ देउरालीमा रहेको हिमालय माध्यामिक विद्यालयमा कोशी प्रदेश लेखिएको साईनबोर्ड भेटिएपछि खुकुर हम्मर हानेर प्वाल पारिएदिएको ।दोस्रो चरणको आन्दोलनको कार्यक्रममा स्थानीय तहमा साईनबोर्ड जलाउने च्यात्ने भनिएको छ ।त्यहि अनुसार १४ जिल्लाका स्थानीय तहमा ब्यापक रुपमा आन्दोलनकारी अगाडि बढेको छ । संघर्ष समितीले कोशी नाम स्थानीय तह वडाबाट कार्यान्वयन गरेर देखाउन चुनौती दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित