निमा पोङ्स्युवा
धरान । कोशी खारेजी आन्दोलनरत संघर्ष समितिले प्रदेश १ १४ जिल्लाका सबै स्थानीय तह अनि वडा समितिमा तालाबन्दी गरुरहेको छ ।
दोस्रोचरणको आन्दोलन अन्तर्गत चैत १४ गतेदेखि १७ गतेसम्म स्थानीय तह वडा समितिमा तालाबन्दी गर्ने,कालो झण्डा गाड्ने,कोशी लेखिएको बोर्ड हटाउने,लेटरप्याड च्यात्ने जलाउने कार्यक्रम सार्वजनिक गरेको छ । त्यहि कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिमा र वडा समितिमा बिहीबार तालाबन्दी गरिने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ । धरान उपमहानगरपालिकामा लेटरप्याड,साईनबोर्डमा कोशि नलेखिए पनि सरकारी छापमा भने कोशी लेखिएको पाईएको छ ।
तालाबन्दी गर्ने कालो झन्डा गाड्ने लेटरप्याड च्यात्ने जलाउने कार्यक्रम अनुसार शुक्रबार विभिन्न स्थानीय तहमा गरिएको छ । त्यहि अनुसार इटहरी उपमहानगरपालिकामा कालो झण्डा गाडेर ताला लगाएको हो ।
झापा जिल्लाको भद्रपुर नगरपालिकामा कोशी नाम खारेजी बिरोधको ज्ञापनपत्र मेयर गणेश पोखरेललाई बुझाएको कुरा समर राईले जानकारी दिए । भद्रपुरमा चैत १७ गते तालाबन्दी गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी संघर्ष समिति हल्दीवारीको संयोजक गीता राई आङ्गदेम्बेको संयोजकत्व र,सुमन नेम्वाङको सहजीकरणमा केन्द्रिय सचिवालय सदस्य सन्जुहाङ्ग पालुङ्गवा र,आदिवासी जनजाती महासंघ झापा जिल्ला अध्यक्ष एवं प्रदेश पुनः नामाङ्गकन संघर्ष समितिको संयोजक पाण्डव चौधरीको अगुवाइमा हल्दीवारी गाउँपालिकाका कार्यालय तथा १ देखी ५ नम्बर वडासम्मको सबै वडामा तालाबन्दी गरी कालो झण्डा गाडिएको जनाएको छ । हल्दिबारीमा वार्ड न.२ र,३ मा कोशी प्रदेश लेखिएको होर्डिङ बोर्ड र,लेटरप्याड र, स्टाम्प(छाप) भेटिएपछि जलाईएको कुरा सरु सिङ्गाकले बताए ।
Discussion about this post