कोशी लेखिएको लेटरप्याट बोर्ड जलाउदै तालाचाबि लगाउदै, धरान उपमहानगरपालिकाको सरकारी छापमा कोशी लेखियो

धरान । प्रदेश सभाबाट प्रदेशको नाम कोशी राखेपछि प्रदेश १ का १४ भित्र रहेका स्थानीय तह वडामा कोशि लेखिएको लेटरप्याड व्ह्यात्ने जलाउने काम निरन्तर भैरहेको छ ।

आन्दोलनकारीले झापा जिल्लाको दमक नगरपालिकामा कालो झन्डा राखिएको छ । त्यसैगरी दमक नगरपालिका भित्र रहेका वडा समिति कार्यालयहरुमा कालो झण्डा गाड्ने,लेटरप्याडमा कोशि लेखिएका जलाउने नाराबाजी गरेर बिरोध प्रद्र्शन गरेको कुरा जनता समाजवादि पार्टी केन्द्रिय समिति सदस्य गंगा राईले जानकारी दिए ।

यस अघि कोशी नलेख्न चेतावनी सहित ज्ञापनपत्र बुझाएका थिए । तर वेवास्ता गरेपछि कोशि लेखिएको लेटरप्याड जलाएको बताए । उनिहरुले यस अघि चुलाचुलि गाउँपालिकामा लेटरप्याड जलाउदै राम मगरको पुत्ला जलाएका थिए ।

कोशी बिरोधिले तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकामा तालाबन्दी गरेको छ । संयुक्त संघर्ष समितिले वडा नम्बर ६ सुङ्नामको वडा समिति कार्यालयमा तालाबन्दी गरेको कुरा बिष्णु थाम्देनले जानकारी दिए । त्यसैगरी मंगलबार दिउसो उर्लाबारी नगरपालिकामा संघर्ष समितिले ताला लगाएको कुरा मिक्सन मिभाक लिम्बुले जानकारी दिए ।

धरान उपमहानगरमा छापमा लेखियो कोशी
प्रदेशले कोशी नाम राखेपछि स्थानीय तहमा लेटरप्याड,साइनबोर्ड,छापमा कोशि लेख्ने काम भैरहेको छ । यता आन्दोलनरत पक्षले लेखिएको लेटरप्याड च्यात्ने जलाउने काम गरिरहेको छ । त्यसैक्रममा धरान उपमहानगरपालिकाले सरकारी छापमा कोशी लेखिएको छ । उपमहानगरले लेटरप्याड र साईनबोर्ड कोशी परिवर्तन नगरे पनि सरकारी छापमा भने कोशी लेखिएको पाईएको छ ।

मेयर हर्क साङ्पाङले प्रदेश १ को नाम किरात हुनुपर्ने नदिनालाको नाम भन्दा भन्ने भनाई सामाजिक संजालमा धारणा सार्वजनिक गरेका थिए ।  किरात लामो समय शासन गरेको भन्दै ब्यक्तिगत धारणा भन्दै कोशि भन्दा किरात राख्दा सहि हुने धारणा सार्वजनिक  गरेका थिए । तर धरान उपमहानगरको सरकारी छापमा भने कोशी लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित