८२ सांसद घेराउ गर्ने क्रममा हवाई फायरिङ,अश्रुग्यास प्रहार धेरै घाइते(भिडियो सहित )

 

निमा पोङ्स्युवा

बिराटनगर । प्रदेश १ का ८२ सांसदलाई होटेलमा राखेर प्रशिक्षण गराउदै गरेको अवस्थामा घेराउ गर्न गएका कोशी खारेजी संघर्ष प्रदर्शनकारीमाथि हवाई फायर र अश्रुग्यास प्रहार भएका छन ।

बिराटनगर स्थित होटेल बिगमा राखेर प्रशिक्षण भैरहेको भन्ने खबर सोमबार थाहा भएपछि सोमबार नै घेराउ गर्ने भनेर सामाजिक संजालमा सूचना प्रबाह भएका थिए । विभिन्न जिल्लाबाट झण्डा ब्यानर सहित होटेल घेर्न गएपछि शसस्त्र प्रहरीले हवाई फायरिङ खोलेका थिए । त्यसैगरी प्रदर्शनकारीमाथि अश्रुग्यास ग्यास पनि प्रहार भएका थिए । प्रदर्शकारी होटेलतर्फ अघिबढेपछि झडप भएको हो । प्रहरीले पानीको गोहोरा समेत हानेका थिए ।

प्रदर्शकारीलाई रोक्न खोजेपछि प्रहरीमाथि ढुंगामुढा गरेका हुन । त्यसैक्रममा प्रहरीले लाठि चार्ज गरेका थिए । प्रदर्शनकारीलाई लाठीचार्ज गर्दै प्रदर्शकारीतर्फ धेरैजना घाईते भएका छन । घाइतेहुनेहरुमा एन के दर्नाल धरान ५,शिव आङ्देम्बे धरान १६,उदय नेम्बाङ माङ्सेबुङ ३,ज्ञान प्रसाद राई धरान ११,सुरज राई ग्रामथान गापा ६ मोरङ, सरोज लिम्बू इटहरी तरहरा,अशोक राई धरान १८,पदम लिम्बू इटहरी ५,विशाल राई धरान,रेसम राई तरहरा,रोयल राई इटहरी ५,बिमल किराँती इटहरी ८ र आस्था राई धरान १२ रहेको कुरा कोशि खारेजी संघर्ष समितिले जनाएको छ । घाइतेको बिराटनगर स्थित पारस हस्पिटलमा उपचार गरेको कुरा समितिले जनाएको छ ।

प्रदर्शकारीले होटेल बिगमा ढुंगामुढा गर्दा सिसाहरु फुटेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित