चुलाचुली (इलाम) । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाको सरकारी कार्यालयमा कोशी लेखिएको साईनबोर्ड,लेटरप्याड सबै हटाएको छ ।
कोशी नामा खारेजी संघर्ष समितिले आइतबार कार्यलयको सबै बोर्ड,लेटरप्याड हटाएको कुरा जनता समाजवादी पार्टी केन्द्रिय सदस्य गंगा राई (लिम्बुले) जानकारी दिए । आन्दोलनकारीले इलाम जिल्लाका प्रदेश सांसद तथा तत्कालीन कोशी नामका प्रस्तावक समेत रहेका राम मगरको पुत्ला समेत जलाएको छ । कोशी नाम खारेज गर,राम मगर मुर्दावाद भन्दै नाराबाजी गर्दै बोर्ड लेटरप्याड हटाएपछि पुत्ला जलाएको कुरा गंगाले जानकारी दिए । हाम्रो भाषा, संस्कृति , सभ्यता , धर्म ,माटो मार्यो भन्दै अब हामी पहिचानबादी मानिसहरुलाईसम्म मार्न थालेको भनेर लाजेहाङ्को मृत्युमा दुख व्यक्त गरेका थिए ।
वंश हत्यारा राम मगर मुर्दावाद,पहिचान बिरोधि हत्यारा हिक्मत कार्की मुर्दावाद भन्दै मान्छे मार्न पाइदैन ।
कोशी प्रदेश चाहिदैन भनेर नाराबाजी गरेका थिए । त्यसैगरी दमक नगरपालिकामा समेत कोशी नाम बोर्ड र लेटरप्याडमा नलेख्न चेतावनी सहितको ज्ञापनपत्र बुझाएको जनाएको छ ।
त्यसैगरी तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिका वडा नम्बर ८ को वडा समिति कार्यालयमा कोशी लेखिएको बोर्ड च्यातेर जलाईदिएको छ । कार्यालयको बोर्ड कोशी नाम खारेजी संघर्ष समितिले च्यातेर जलाएको कुरा मिङ्सो आङ्देम्बेले जानकारी दिए ।
कोशी नाम खारेजी संघर्ष समितिले दोस्रोचरणको आन्दोलनमा वडा कार्यालय सहित स्थानीय तहको कोशी लेखिएको बोर्ड,लेटरप्याड च्यात्ने जनाउने अभियान घोषणा गरिसकेको छ । आन्दोलनकारीले कोशी नाम वडाबाट कार्यान्वयन गरेर देखाउन चुनौती दिईसकेको छ ।
Discussion about this post