शेर्पा किदुक समाज अमेरिकाबाट आयो पाँच लाख ७५ हजार कोखा खोलाको लागि,अन्य सहित ठुलो सहयोग हस्तान्तरण (भिडियो सहित)

निमा पोङ्स्युवा

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको खानेपानी अभियानको कोखा खोलाको पानी ल्याउन शेर्पा किदुक समाज अमेरिकाबाट ५ लाख ७५ हजार १४० रुपैया हस्तान्तरण गरिएको छ ।

आइतबार अमेरिकाबाट आएका समाजका निवर्तमान अध्यक्ष आङ टि शेर्पाले खानेपानीको लागि भएर उपरोक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । प्रोजेक्ट मेनेजर भनेर चिनिएका दत्त लिम्बुलाई मेयर हर्क साङ्पाङ सामु उक्त रकम हस्तान्तरण गरिएको हो । टि शेर्पाले नेपालमा रहेर हाल अमेरिकामा बस्दै आएकाहरुबाट दुई दिनमा संकलन भएको रकम भएको बताए । थप आर्थिक सहयोग आगामी दिनमा पनि गर्ने बताए ।

शेर्पाले आफु अमेरिकामा रहँदा विभिन्न मिडियाबाट गतिविधि हेर्ने गरेको बताए । आफु अमेरिकामा नै भए पनि गतिविधिले धरानमा रहेको आभास बनाएको बताए । अहिले भने प्रत्यक्ष भेटघाट गर्न पाएको बताए ।
त्यसैगरी सरिन ख्युङ्बा मार्फत विभिन्न ब्यक्तिले दिएको आर्थिक सहयोगबाट २३ थान पाईप मेयर साङ्पाङलाई हस्तान्तरण गरिएको छ । उक्त पाईपको मुल्य १ लाख ५० हजार बढि पर्न जान्छ ।

आइतबार कोखा खोलाको पानी ल्याउने अभियानमा जानकारी दिदै दत्त लिम्बुले ४५० थान पाईपको ७ हजार १५० दरले किनेको पाईको पैसा दिन बाँकि रहेको बताए । यो हिसाबले पाईपको पैसा दिन अव ३२ लाख १७ हजार ५०० दिन बाँकि देखिन्छ । उनका अनुसार अहिलेसम्म पाईप मात्र १ करोड ५४ लाखको किनेको जानकारी दिए ।

आइतबार नै पाईप खरिद गर्नको लागि भनेर बिर्खबहादुर राईको स्मृतिमा श्रीमती सुमित्रा राई र छिरा देवराज राईले दुई लाख नगद हस्तान्तरण गरेको छ । दार्चुलाका तोरण अवस्थिबाट दोस्रोपटक अष्ट्रेलियाबाट ९१ हजार पठाएको जानकारी दिए । दार्चुलाका तोरणले सर्दु खर्दुमा यस अघि ९० हजार रुपैया उपलब्ध गराईसकेको पनि जानकारी दिए ।

त्यसैगरी आइतबार नै धरान ८ का अम्बिका राईबाट नगद ४० हजार उपलब्ध गराएको छ । वडा नम्बर ७ बाट एक युवा एकसय अभियानले १७ जोर पन्जा हस्तान्तरण गरेको छ । यो अभिन्ताले यस अघि पनि सहयोग उपलब्ध गराउदै आएको छ । त्यसैगरी धरान ११ घर भै हाल हङकङ बस्ने छोरा चन्द्रकुमार राई र छोरी चिन कुमारी राईले बुवा आमाको नाममा पचास हजारको चेक हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)