पान्थरको फालेलुङ गाउँपालिकामा कोशी प्रदेश लेखिएको बोर्ड हटायो

पान्थर (फाकेलुङ) । पान्थर जिल्लाको फालेलुङ गाउँपालिकामा कोशि प्रदेश लेखिएको कार्यालय बोर्ड हटाएको छ ।

कोशी प्रदेश नाममा असन्तुष्ट पक्षले तत्काल कोशी लेखिएको बोर्ड हटाउन अनुरोध गरेपछि हटाएको कुरा फालेलुङ गाउँपालिकाका स्थानीय रोहित आङ्बोले जानकारी दिए । प्रदेश सरकारले गत फागुन १७ गते प्रदेश नामाकर्ण गरेपछि फालेलुङ गाउँपालिकाको कार्यालयमा कोशी प्रदेश लेखुएको बोर्ड राखिएका थिए ।

कोशी नाम असन्तुष्ट पक्षले बोर्ड हटाउन सम्झाई बुझाई गरेको जानकारी दिए । आन्तरिक रूपमा छलफल गरेको भन्दै यदि नहटाएको खन्डमा सबै गएर बलप्रयोग गरी हटाउने भएको बताए । तर आफै हटाएपछि बलप्रयोग गर्न नपरेको बताए । रोहित आङ्बोले भने – “बिराटनगरमै कोशी लेखेको बोर्ड राखेको छैन यहाँनेर हतार किन गर्नुपर्‍यो भनेर सम्झायौ ।”

यस विषयमा फाकेलुङ गाउँपालिकाका अध्यक्ष बीर बिक्रम थाम्सुहाङसंग बुझ्दा आफुलाई थाहा नभएको बताए । अध्यक्ष थामुहाङ भने – आज शनिवार अफिस नगएकोके थाहा छैन ।”

कोशी नाम खारेजी समुहले मुख्यमन्त्री हिक्मत कार्किलाई ओखलढुंगामा बिरोध गर्दा सवार गाडिमा क्षति पुगेका थिए । त्यसैगरी माओवादी प्रदेश सांसद इन्द्र आङ्बोलाई ताप्लेजुङमा बिरोध जनाउदा आङ्बो सवार गाडिमा तोडफोड भएका थिए । त्यसैगरी इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा कोशी लेखुएको लेटरप्याड जलाउने क्रममा ल्यापटप,पृन्टर,कम्प्युटर,सोफा लगायत महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ । यद्यपि पालिकाले कोशी बिरोधिले गरेको भन्ने एकिन नभएको भनेर जानकारी दिएको छ ।

कोशी प्रदेश लेखिएको साईन बोर्ड
शनिबार कोशी लेखिएको साईन बोर्ड हटाएको कार्यालय

कोशी खारेजी संघर्ष समितिले सार्वजनिक रुपमा वडाबाट कार्यान्वयन गरेर देखाउन चुनौती दिएको छ । संघर्ष समितिको दोस्रो चरणको आन्दोलनमा कोशी लेखिएको बोर्ड लेटरप्याड जलाउने च्यात्ने हटाउने कार्यक्रमको घोषणा सार्वजनिक गरिसको छ ।तस्बिर : रोहित आङ्बोको फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित