माङ्सेबुङ (इलाम ) । इलाम जिल्लाको माङ्सेबुङ गाउँ पालिकाको वडा नम्बर ५ को सरकारी कार्यलयले लेटरप्याडमा कोशी लेखेपछि आगो लगाईदिएको छ ।
कोशि नाम खारेजी संघर्ष समितिले यस अघि दोस्रो चरणको आन्दोलनमा समेत लेटरप्याड,बोर्ड लगायतमा कोशि लेखिएको पाईए च्यात्ने जलाउने त्यस अघि सबैलाई खबरदारी गर्ने भनेर चैत ८ गते प्रेस बिज्ञप्ति जारी गरेका थिए ।
माङ्सेबुङको कार्यालयमा कोशी लेखिएको लेटरप्याड भेटिएपछि आगो लगाउदा केहि क्षति भएको जनाएको छ । आगो लाग्दा कम्प्युटर,ल्यापटोप,सोफा लगायत जलेर क्षति भएको जनाएको छ ।
यस विषयमा गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङसंग बुझ्दा वडा नम्बर ५ को वडा कार्यालयमा गए राति घटना भएको बताए । आफु बाहिर रहेकोले घटना स्थलमा पुग्न नसकेको बताए । घटनाको बिषयमा थप जानकारी लिन प्रशासकीय अधिकृत बिनोद चौहानसंग बुझ्दा गएराति १२ बजेतिर घटना भएको बताए । तर कोशिको वा त्यहि बिषय वा अन्य कस्ले भन्ने एकिन भैनसकेको बताए । उहाले घटनामा कम्प्युटर,ल्यापटप,सोफासेट जलेको जानकारी दिए ।
Discussion about this post