कोशि नाम खारेजी संघर्ष समितिको दोस्रो चरणको आन्दोलन घोषणा,लेटरप्याट च्यात्ने जलाउनेदेखि अनिश्चितकालीन आमहडतालसम्म

प्रदेश १ । प्रदेश १ को नाम कोशि हुने हल्लासंगै नामाकरणपछि पहिलो चरणको आन्दोलनपछि दोस्रो आन्दोलनको घोषणा गरेको छ ।

संघर्ष समितिले चैत ८ गते प्रेस बिज्ञप्ति जारी गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । समितिले लेटरप्याडसम्म जलाउनेदेखि अनिश्चितकालीन आमहडतालसम्मको आन्दोलनको घोषणा गरिएको छ । गाउँ सहर जागरण मार्च अभियान,१४ जिल्ला सहित क्षेत्रीय सभा गरिने जनाएको छ । काठमाडौमा मोटरसाइकल र्‍याली आदिवासी जनजाति लगायतका समुदाय एवम् प्रदेश १ का जनताहरूसँग समन्वय र छलफल गरिने जनाएको छ ।

घेराउको कार्यक्रमपछि मुख्यमन्त्री हिक्मत कार्किमाथि ओखलढुंगामा लेखेटेका थिए । त्यसैगरी ताप्लेजुङमा माओवादीका प्रदेश सभा सदस्य इन्द्र आङ्बोलाई पनि लखेटेका थिए ।

 

मुख्यमन्त्री कार्किलाई बिरोध जनाउदा तोडफोड भएका गाडि

आन्दोलन कार्यक्रम अनुसार प्रदेश नं. १ भर सरकारी निकायहरू, व्यवसायी (होटल, रेस्टुरेन्ट, विद्यालय, क्याम्पस, सवारी साधन), गैर सरकारी संस्था लगायत सबैले लेटरप्याड, बोर्ड लगायतमा कोशी प्रदेश नलेख्न र लेखिएको भए मेट्न अनुरोधपत्र वा विज्ञप्ति पठाउने अभियान गरीने उल्लेख छ । साथै पूर्व घोषित कार्यक्रमहरूको निरन्तरता,सरकारी निकायहरूमा तालाबन्दी र कालो झन्डा गाड्ने,कोशी बोर्ड लेखनमा रोक, लेखिएकाहरू हटाउने मेटाउने,कोशी लेटरप्याडको प्रयोगमा अवरोध र जलाउने, प्रदेशको नाम कोशीमा मत हाल्ने ८२ प्रदेश सांसदको विरोध एवम् बहिष्कार जारी रहने उल्लेख छ । त्यसगरी प्रदेशको नाम कोशी खारेजी सम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम,प्रदेशको नाम कोशी खारेजी संवाद एवम् मिडिया अभियान, प्रदेशको नाम कोशी खारेजी अनलाइन सभा समेत गरिने जनाएको छ ।

प्रदेश नं. १ प्रदेश सभा घेराउ अवरोध साथै अनिश्चितकालीन आमहडताल गरीने प्रेस बिग्यप्तिमा उल्लेख छ । आमहडतालको समय भने पछि तोकिने जनाएको छ ।

ताप्लेजुङमा माओवादी सांसद ईन्द्र आङ्बोको बिरोध गर्दा आन्दोलनकारीले तोडफोड गरिएको गाडी

प्रदेश नम्बर १ को बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त इतिहास र साझा पहिचानलाई नामेट पार्टी षड्यन्त्रपूर्वक छलकपटपूर्ण एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी प्रदेश नाम प्रदेश सभाले नामकरण गरेको बिज्ञप्तिमा उल्लेख छ । उक्त प्रदेश नाम कोशी खारेज गर्न र बहुल पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन गराउन दवाब दिने उद्देश्यले दोस्रो चरणको आन्दोलन घोषणा गरीएको छ ।

पहिलो चरणको आन्दोलन कोणसभा,राँके आमहडताल हुँदै बिराटनगर घेराउ कार्यक्रम गर्दै सकिएका थिए । घेराउको कार्यक्रमपछि मुख्यमन्त्री हिक्मत कार्किमाथि ओखलढुंगामा लेखेटेका थिए । त्यसैगरी ताप्लेजुङमा माओवादीका प्रदेश सभा सदस्य इन्द्र आङ्बोलाई पनि लखेटेका थिए । दुबैजना माथि ढुंगामुढा नाराबाजी गरेका थिए । यसक्रममा हिकमत कार्कि र ईन्द्र आङ्बो चढेको गाडी तोडफोड भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित