पोखराका मेयरसंग धरानका उपमेयरको भेट धरान र पोखरा भगिनी सम्बन्धको निरन्तरता

 

 

पोखरा । पर्यटन प्रबर्द्धनका लागि अवलोकन भ्रमण निस्केका धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बेघा र पोखरा महानगरका मेयर धनराज आचार्य बिच भेटघाट भएको छ ।

भ्रमणका क्रममा पोखरामा रहेका पर्यटनका पुर्वाधार अवलोकन गर्ने क्रममा पुम्दिकोट पुगेपछि पोखरा महानगरमा पुगेका थिए । महानगर कार्यपालिका बैठक कक्षमा धरानबाट आएका जनप्रतिनिधि र पत्रकार समुहलाई स्वागत गरे ।

भेटका अवसरमा उपमेयर बेघाले पोखरा लगायतको पर्यटन पुर्वाधार अवलोकन गरेर सिक्न चाहेको बताए । उहाले बिहानीपख पुम्दिकोट पुगेको सुनाउदै पोखरा प्राकृतिक रुपमा सौन्दर्यलेसाथ दिएको बताए । तर पनि धरानमा पोखरा जस्तै थुम्का प्राकृतिक कुरा रहेको बताए । त्यसलाई कसरी मानवरुपि सिगारपटार गर्न सकिन्छ भन्ने कुरा हेर्न जान्नको लागि पोखरा लगायतको ठाउँ अवलोकन भ्रमण गर्न आएको बताए ।

भेटमा पोखरा महानगरका मेयर आचार्यले पोखरामा भएका पर्यटन पुर्वाधारका कुरा बताए । उहाले धरान र पोखरा भगिनि सम्बन्ध रहेको पनि जानकारी दिए । धरानको भेडेटार जस्तै पोखराबाट नजिक लुम्ले जस्ता ठाउँ पोखरामा रहेको जानकारी दिए । धार्मिक पर्यटन सहितको पुर्वाधार बिकास गर्ने सके पर्यटन प्रबर्द्धन हुनसक्ने जानकारी दिए । पोखराले आगामी दिनमा थप नयाँ पर्यटनको गन्तव्य तयारी हुने जानकारी दिए । पोखरामा दश दिनसम्म घुमेर हेर्ने ठाउँ रहेको पनि जानकारी दिए ।

धरान १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले पोखराको लगानीबाट धरानले पर्यटनको पुर्वाधारको लागि लगानी गर्नुपर्ने बताए । उनले पोखराको पर्यटन पुर्वाधारबाट धरानले सिक्नुपर्ने कुरा धेरै रहेको बताए । धरानबाट निस्किएको भ्रमण टोलि पोखराका पुम्दि,महेन्द्र गुफा,हिमालयन संग्राहलयका स्थान अवलोकन गरी बुधबार पाल्पा तर्फ लागेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित