महेन्द्र क्याम्पस धरानमा समाजवादी युनियनका युवराज अलौकिक बिजय

धरान। स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको सभापति पदमा जनता समाजबादी पार्टी नेपाल निकट विद्यार्थी भातृसंगठन समाजबादी विद्यार्थी युनियनका उम्मेदवार युवराज राई अलौकिकले विजयी हासिल गरेको छ ।
मंगलबार सम्पन्न मतगणना पछि सार्वजनिक भएको मत परिणामअनुसार सभापतिमा युवराज राई अलौकिकले ८ सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका विनोद आले मगरले ७ सय २४ ल्याएर पराजित भए ।

त्यसैगरी सचिबमा नेबिसंघका सनिक श्रेष्ठ मल्ल ७ सय ६० मतका साथ विजयी भएको हो । ७ सय १५ मत पाएकी समाजवादी युनियनकी विनिता लिम्बुले मल्लसंग प्रतिस्पर्धा गरेका थिए । कोषाध्यक्ष पदमा युनियनकै सुप्रिया राई निर्वाचित हुँदा संघका स्वस्तीकला राई राईले ७ सय १० मत प्राप्त गरेका थिए ।

मत परिणाम अनुसार समानुपातिक तर्फ समाजवादी युनियनले ६ सय ९०, नेबिसंघले ६ सय ५६ मत झरेको हो ।
मत विवरण बिस्तृत :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित