मुख्यमन्त्री हिकमत कार्कीको गाडिको झण्डा लगेको झुठो मुद्दा  लगाउने धम्किको बिरोध

ओखलढुंगा । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीमाथि ढुंगामुढा गरी गाडिमा राखिएको झण्डा लगेको आरोपमा मुद्दा लगाउने विरुद्ध बिरोध जनाएको छ ।

सोमबार मुख्यमन्त्री हिक्मत कार्कि ओखलढुंगा पुग्दा कोशि नाम खारेजी संघर्ष समितिले बिरोध जनाएका थिए । सोहि क्रममा गाडीमाथि प्रहार गरेको ढुंगाले सवारीमा क्षति पुर्‍याएको छ । प्रदर्शनकारिलाई प्रहरीले लाठि चार्ज गरि घाइते तुल्याएको कुरा संघर्ष समिति प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको छ । प्रहरीले मुख्यमन्त्रीको सवारीमा रहेको झन्डा लगेको विरुद्ध मुद्दा चलाउने भनिएको प्रति आपत्ति जनाउदै समितिले बिरोध जनाएको छ ।

सोमबार प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका घटक संस्था नेपाल आदिवासी जनजाति महासङ्घ ओखल्ढुङ्गा जिल्ला समन्वय परिषद्का अध्यक्ष नेत्र नेम्वाङ र सचिव दीपेन्द्र रुम्दाली, किरात राई यायोक्खा पूर्व उपमहासचिव धीरेन्द्र रुम्दाली, किराया ओखल्ढुङ्गा जिल्ला अध्यक्ष धगेन्द्र राई र सचिव ताराहाङ राई, नेपाल शेर्पा सङ्घ ओखलढुङ्गा, किरात बायुङ राई सुम्निखिमले शान्तिपूर्ण रूपले आयोजना गरेको आन्दोलनको क्रममा मुख्यमन्त्रीको गाडीको झण्डा आन्दोलनकारीले लगेको भनी प्रहरी प्रशासनले आन्दोलनकारीमाथि झुठो आरोप लगाउँदै मुद्दा लगाउनेसम्मका धम्की दिएको बिज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बिज्ञप्तिमा फागुन २८ गते आयोजित प्रदेश बन्द कार्यक्रममा तरहरामा भएको प्रहरी हस्तक्षेपका कारण घाइते नगेश चन्द्र राई साथै चैत्र ५ गते विराटनगरमा आयोजित जनप्रदर्शनमा घाइते आन्दोलनकारीहरू आलोक चाम्लिङ, रमेश राई, विशाल राई, दुर्गा राई लगायतको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित